2020年12月11日金曜日

योकोहामासीको आय प्रमाण टिकटको प्रयोग गर्ने म्याद समाप्त

वडा कार्यलयहरुमा प्रयोग गरिदै आएको कागजात बनाउदा तिर्ने शुल्क स्वरुप आय प्रमाण टिकट किनेर दिने गरिन्थ्यो। योकोहामासीले बिभिन्न कारणले गर्दा अब आय प्रमाण टिकट प्रयोग गर्न बन्द गर्ने भएको छ।

आफुसंग आय प्रमाण टिकट छ भने २०२१साल जनवरी ३१ तारिक भित्र प्रयोग गर्न सकिनेछ।

प्रयोग नगरेको आय प्रमाण टिकट २०२६साल जनवरी ३१ सम्म फिर्ता गर्न सकिनेछ। 

सम्पर्क लेखा कक्ष लेखा व्यवस्थापन शाखा फोन ०४५-६७१-२९८९जापानी भाषा

横浜市収入証紙の使用期間終了

0 件のコメント:

コメントを投稿