2018年6月5日火曜日

एन) मा भर्ना गर्नको लागि प्रोत्साहन स्वरुप आर्थिक सहयोग  सहयोग रकम :

私立幼稚園就園奨励補助金

प्रतिब्यक्ति बार्षिक ४८,००० येनदेखि ~(परिवारले आर्थिक बर्ष २०१८ मा तिर्नुपर्ने सिटीकरको रकमको आधारमा परिवर्तन हुन सक्नेछ

लागहुने प्रावधानहरु
सन् २०१८ अप्रिल १ तारिखदेखि २०१८ जुन १ तारिखसम्ममा निजी स्कुलले पाउने अनुदान प्राप्त गर्ने किण्डरगार्टेनमा गईरहेको हुनुपर्ने ।
योकोहामा सिटी भित्र बासिन्दाको रुपमा दर्ता गरेको हुनुपर्ने
साच्चै नै सिटी भित्र बसोबास गरेको हुनुपर्ने
निजी स्कुलले पाउने अनुदान प्राप्त गरेको किण्डरगार्टेनमा भर्ना भई नियमित रुपमा स्कुल गईरहेको र सोह सिटीमा बसोबास गरेको हुनुपर्ने
आवेदन गर्ने समयजुन महिनाको १० तारिख भित्र सम्बन्धित स्कुलबाट फारम बितरण गरिन्छ । सो फारम भरेर स्कुलमा बुझाउने
सम्पर्कबाल विकास बिभाग । फोन नं: ०४५-६७१-२०८५जापानी भाषा

राष्ट्रिय स्वास्थ्य बिमा सम्बन्धि जानकारी

国民健康保険についてのお知らせ

योकोहामा सिटीले सन् २०१८ को लागि लाग्ने राष्ट्रिय स्वास्थ्य बिमाको शुल्क सम्बन्धि जानकारी जुन महिनाको मध्यतिर पठाउछ । 
सम्पर्कयोकोहामा सिटी नागरिक कल्याण बिभाग बिमा तथा पेन्सन शाखा       
सम्पर्क : ०४५-६७१-२४२२ (जापानी भाषा)

सन् २०१८ को ब्यक्तिगत सिटी तथा प्रान्तिय करको भुक्तानी म्याद (पहिलो अवधी)

30年度個人市民税・県民税の納期限(第1期)

सन् २०१८ को ब्यक्तिगत सिटी तथा प्रान्तिय कर भुक्तानीको अन्तिम म्याद जुलाई २ तारिख सोमबार रहेको छ ।
उक्त दिनसम्ममा पहिलो अवधीको कर भुक्तानी गर्नुहोस ।
सिटी कार्यालयबाट कर निर्धारण गरेको र कर भुक्तानी गर्ने कागजातहरु जुन १ तारिख शुक्रबारको दिन पठाउने योजना बनाएको छ ।
सम्पर्कबसोबास गरेको सिटी कार्यालयको कर शाखा । सिटी कार्यालय र सम्बन्धित कर शाखाको सम्पर्क तालिकाको लागि निम्न वेबसाइट हेर्नुहोस ।जापानी भाषाhttp://www.city.yokohama.lg.jp/zaisei/citytax/dl/pdf/chishiki/chishiki-det-10-contact.pd

अपांग मैत्री गाडी अनुदान कार्यक्रम लागू हुने बिषयहरुमा बृद्धि

障害者自動車改造助成事業の対象品目を拡大

अपांग मैत्री गाडी अनुदान कार्यक्रम लागू हुने बिषयको सूचीमा ह्विलचियर भण्डारण उपकरण थप गरिएको छ ।
अनुदानको लागि आम्दानीको सिमितता निर्धारण गरिएको छ ।

लक्षित ब्यक्तिहरु:
・सम्बन्धित सिटीमा बसोबास गरी अनुदानको लागी योग्य हुने स्तरको अपांगता आदि भएको हुनुपर्ने ।
ह्विलचियर भण्डारण उपकरणको बारेमा निम्नलिखित मध्ये कुनै एक भएमा अनुदानको लागि योग्य हुने ।
・गत ५ बर्षको अवधीमा सो अनुदान नलिएको ब्यक्ति ।
・ह्विलचियर भण्डारण उपकरण राखेको ५ बर्षको अवधी नकटेको ब्यक्ति ।
・सन् २०१९ मार्च ३१ तारिखसम्म आवेदन दिएको ब्यक्ति ।
सम्पर्क :बसोबास गरेको सिटीको बृद्ध तथा अपांग कल्याण शाखा (जापानी भाषा) निम्न अनुसारको वेबसाइटबाट तालिका हेर्नुहोस् ।
http://www.city.yokohama.lg.jp/kenko/kourei/kyoutuu/toiawase/

बालबालिका भत्ता सम्बन्धी बर्तमान अवस्थाको कागजपत्रहरु बुझाउनुहोस् ।

児童手当の現況届を提出してください

योकोहामा सिटीबाट बालभत्ता लिईरहेकाहरुको लागि कागजपत्रहरु पठाईएको छ ।
बालभत्ता लिनको लागि बर्तमान अवस्थाको बारेमा कागजपत्र नबुझाई हुंदैन ।
बुझाउने म्याद:सन् २०१८ जुन ३० तारिख, शनिबार
सम्पर्क:बालबालिका तथा युवा बिभाग परिवार भत्ता शाखा 
फोन नं: ०४५-६४१-८४११ (जापानी भाषा) 

वयस्क दिवस मनाउने कार्यक्रम

「成人の日」を祝う集い

योकोहामा सिटीले वयस्क (२० बर्ष) पुगेका बासिन्दाहरुको लागि उत्प्रेरणा दिने उदेश्यका साथ वयस्क दिवसको आयोजना गर्ने गर्दछ ।
त्यसको लागी योकोहामा सिटी कार्यालयबाट डिसेम्बर मध्येतिर प्रवेश टिकट पठाउछ ।
वयस्क दिवसको मिति र समयसन् २०१९ जनवरी १४ तारिख सोमबार (बिदाको दिन)
१०:३० बजेदेखि~ आओबा-कु, आसाही-कु, कानागावा-कु, कोउहोकु-कु, चुजुकी-कु, निसी-कु, होदोगाया-कु, मिदोरी-कु
१४:३० बजेदेखि~ इजुमी-कु, इसोगो-कु, कानाजावा-कु, कोउनान-कु, साकाए-कु, सेया-कु, चुरुमी-कु, तोचुका-कु, नाका-कु, मिनामी-कु
स्थानयोकोहामा एरिना
लक्षित ब्यक्तिहरुसन् १९९८ अप्रिल २ तारिख देखि १९९९ अप्रिल १ तारिखसम्ममा जन्म भई माथि उल्लेखित वार्डहरुका बासिन्दाहरु
सम्पर्कयोकोहामा सिटी शिक्षा समिति कार्यालय जीबनशैली अध्ययन तथा सांस्कृतिक शाखा

स्टोमा राख्ने उपकरणको लागि लकर दिने बारेमा

ストーマ(人工肛門・膀胱)用装具保管場所の貸出について

भूकम्प प्रकोपको बेलामा ढुक्कसँग जीवनयापन गर्नको लागि ब्यक्ति अनुसारको मिल्ने स्टोमा (कृत्रीम मलद्वारा/मुत्राशय) सुरक्षित राख्ने स्थान उपलब्ध गराइन्छ ।
लक्षित ब्यक्तिहरु:योकोहामा सिटीमा ठेगाना भई कृत्रीम मलद्वार/मुत्राशय प्रयोग गर्ने ब्यक्ति
आवश्यक संख्या:५४० जना (गोलाप्रथा)
फारम भर्ने तरिका:सिटी कार्यालय नागरिक जानकारी केन्द्र, वडा कार्यालय बृद्ध तथा अपांग सहयोग शाखा । वेबसाइटबाट फारम भर्नको लागि http://www.city.yokohama.lg.jp/kenko/shogai/
अन्तिम म्याद:जुन ३० तारिख, शनिबार
सम्पर्क:योकोहामा सिटी स्वास्थ्य तथा समाज कल्याण बिभाग, अपांग योजना शाखा
फोन नं : ०४५-६७१-३६०३(जापानी भाषा) 

योकोहामाको चिडियाघरमा १ दिने सुसारेको अनुभव चिडियाघरको सुसारे कामको अनुभव गरौं !

よこはまのどうぶつえん 1日飼育体験

《जुरासिया》
मिति:जुलाई २५, २६, २७ तारिख
लक्षित ब्यक्ति:प्राथमिक बिद्यालयका ४ देखि ६ कक्षाका बिद्यार्थीहरु
संख्या:हरेक दिन ३२ जना

मिति:जुलाई २८ तारिख
लक्षित ब्यक्ति:प्राथमिक बिद्यालयका ४ देखि ६ कक्षाका अभिभावकहरु
संख्या:१२ समूह २४ जना

《नोगेयामा चिडियाघर》
मिति:जुलाई २५, २६, २७ तारिख
लक्षित ब्यक्ति:प्राथमिक बिद्यालयका कक्षा ५ र ६ का बिद्यार्थीहरु
संख्या:हरेक दिन १८ जना

《कानाजावा चिडियाघर》 
मिति:जुलाई २४, २५ तारिख
लक्षित ब्यक्ति:प्राथमिक बिद्यालयका कक्षा ५ र ६ का बिद्यार्थीहरु
संख्या:हरेक दिन २० जना


मिति:जुलाई २१ तारिख
लक्षित ब्यक्ति:निम्न माध्यमिक स्तरका बिद्यार्थी भन्दा माथि
संख्या:२० जना

आवेदन:दोहोरो पोष्ट कार्ड मार्फ़त आवेदन दिनुहोस् ।
    < सुचना >
पठाउने भाग पछाडि:कार्यक्रमको नाम, ठेगाना, नाम, उमेर, फोन नम्बर
फिर्ता आउने भाग अगाडि:आवेदकको ठेगाना
अनुभव लिन चाहेको चिडियाघरमा पोष्ट मार्फत पठाउनुहोस् ।
जुरासिया 〒२४१-०००१ योकोहामा-सी, आसाही-कु,  कामीसिराने-च्यो ११७५-१
नोगेयामा चिडियाघर 〒२२०-००३२ कानागावा-केन, योकोहामा-सी, निसी-कु, ओइमाचु-च्यो ६३-१०
कानाजावा चिडियाघर 〒२३६-००४२ योकोहामा-सी, कानाजावा-कु,  कामारिया-हिगासी ५-१५-१
अन्तिम म्याद:जुलाई ६ तारिख, शुक्रबार
सम्पर्क:योकोहामा जल तथा बन ब्यवस्थापन बिभाग     फोन नं: ०५५४-५२-२००४ (जापानी भाषा)

योकोहामा बीच (सामुद्रिक तट) स्पोर्टस फेष्टिवल २०१८

ビーチスポーツフェスタ2018

सामुद्रिक तटमा भलिबल, ह्याण्डबल, फुटबल, टेनिस आदि खेल्ने
मितिसन् २०१८ जुलाई २८ तारिख, शनिबार, जुलाई २९ तारिख, आइतबार, ०८:३० देखि १७:०० बजेसम्म        
सन् २०१८ अगस्त ४ तारिख (शनिबार), अगस्त ५ तारिख (आइतबार) ०८:३० देखि १७:०० बजेसम्म
    ※खराब मौसम भएमा स्थगित गरिने
स्थानउमिनो कोउएन तट
सिसाइड लाइन उमिनो कोउएन मिनामी गुची स्टेशन, उमिनो कोउएन सिबा गुची स्टेशन वा हाक्केइजिमा स्टेशनबाट नजिकै

आवेदनहोमपेजजापानीमाहेर्नुहोस http://www2.yspc.or.jp/ysa/
सम्पर्कयोकोहामा स्पोर्टस एशोसिएशन               फोन नं: ०४५-६४०-००१८जापानी भाषा

आर्ट म्युजियम बिशेष नग्न प्रदर्शनी

美術情報センター ヌード展特別資料展示

जर्ज सुराको चित्रकलामा देखिने नग्न मानिसको आकार
प्रदर्शनी अवधीसन् २०१८ अक्टोबर १० तारिख, बुधबारसम्म
स्थानयोकोहामा आर्ट म्युजियममिनातोमिराई लाइन मिनातोमिराई स्टेशन नजिकै
   ※बन्द हुने दिन    हरेक हप्ता बिहीबार
सम्पर्कयोकोहामा आर्ट म्युजियम   फोन नं: ०४५-२२१-०३१९जापानी भाषा
होमपेज : http://yokohama.art.museum/

होदोगाया अन्तरराष्ट्रिय आदान-प्रदान कार्यक्रम : जुन महिनाको कक्षा र कार्यक्रम

ほどがや国際交流ラウンジ6月の講座とイベント

जापानी संस्कृतिको परिचय
बिषययुकाता लगाएर हेरौं
मिति र समयजुलाई ७ तारिख (शनिबार) १४:३० देखि १६:०० बजेसम्म
लक्षित ब्यक्तिबिदेशी नागरिक
प्रबेश शुल्क बिदेशी नागरिकलाई निशुल्क, जापानी नागरिकलाई ५०० येन
आवेदन फोन, हलमै आएर र मेलबाट

जापानी भाषा कक्षा
मिति र समयजुन ७ तारिख जुन ३० तारिख
   बिहबार १८:३० देखि २०:०० बजेसम्म
   शुक्रबार १०:३० देखि १२:०० बजेसम्म
   शनिबार १३:३० देखि १५:०० बजेसम्म

बालबालिकाको अध्ययन बैठक
मिति र समयजुन ९ तारिख जुन ३० तारिख हरेक शनिबार १०:०० देखि १२:०० बजेसम्म
लक्षित ब्यक्तिजापानी भाषा मातृभाषा नभएका प्राथमिक तथा निम्न माद्यामिक स्तरका बिद्यार्थीहरु

हेल्लो सभा
मिति र समयजुन १६ तारिख (शनिबार)  १५:०० देखि १६:३० बजेसम्म
लक्षित ब्यक्तिबिदेशी तथा जापानी


बिदेशी आमाहरुको आदान-प्रदान कार्यक्रमपिक्कोरो~〉
मिति र समयजुन १२, २६ तारिख (मंगलबार)        १०:०० देखि ११:३० बजेसम्म

स्थान : योकोहामा सिटी इवामा सिमिन प्लाजाहोदोगाया-कु, इवामा-च्यो १-७-१५
सम्पर्कहोदोगाया अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र,    फोन नं : ०४५-३३७-००१३ (सजिलो जापानी भाषा)

बिदेशीहरुको लागी जापानी संस्कृति अनुभव

金沢国際交流ラウンジ 外国人のための日本文化体験

जापानी युकाता लगाएर संगै साकुरा साकुरा गीतमा नाचौं
मिति र समयजुलाई १४ तारिख (शनिबार)   १३:३० देखि १५:३० बजेसम्म
स्थानकानाजावा कम्युनिटी सेन्टर, ठूलो हल
आउने तरिकाकेइहिन क्युको कानाजावा हाक्केइ स्टेशनबाट पैदल ५ मिनेट
निर्धारित संख्या २० जनापुरुषलाई पनि स्वागत छ
साथमा ल्याउनु पर्ने सामानटि-सर्ट (सेतो), Tシャツ(白)、स्पाटस (स्ल्याक्स), सेतो मोजा
आवेदनकानाजावा अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र 
    फोन नं : ०४५-७८६-०५३१स्पेनिसमा बोल्न सकिने
    ई-मेल : klounge@shore.ocn.ne.jp


आओबा अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र जुन महिनाको कक्षा तथा कार्यक्रम


青葉国際交流ラウンジ6月の講座とイベント

मिति र समयबुधबार १०:३० देखि १२:०० बजेसम्म, बिहबार *१८:३० देखि २०:०० बजेसम्म, शनिबार १०:०० देखि ११:३० बजेसम्म
प्रबेश शुल्क प्रति कक्षा ३०० येन
लक्षित ब्यक्तिमाध्यमिक स्तरका बिद्यार्थी भन्दा माथि
*बुधबार बच्चाको हेरचाह गरिन्छ ।

बालबच्चाहरुको अध्ययन बैठक
मिति र समयहरेक हप्ता बुधबार
   १६:०० देखि १७:०० बजेसम्म सन् २०१९ अप्रिलमा प्राथमिक बिद्यालय भर्ना हुन चाहने बालबच्चाहरु, प्राथमिक बिद्यालयका बिद्यार्थीहरु
   १७:३० देखि १९:०० बजेसम्मनिम्न माद्यामिक स्तरका बिद्यार्थी
प्रवेश शुल्कनिशुल्क
सम्पर्कआओबा अन्तरराष्ट्रिय आदान-प्रदान केन्द्र             फोन नं : ०४५-९८९-५२६६स्पेनिस भाषा, बुधबार ९:३० देखि १३:३० बजेसम्म