2020年4月6日月曜日

अपांगता भएका ब्यक्ति लगाएतले पाउने भत्ताहरुको रकममा अप्रिल महिना देखी परिवर्तन हुनेछ।


२०२०साल अप्रिल महिना देखी तलको (१)(३)को रकम मा परिवर्तन हुनेछ।
रकमको उल्लेख
(१)बाल पालनपोषण भत्ता (२)बिशेष बाल पालनपोषण भत्ता (१ र २ श्रेणी) (३)बिशेष अपाङगता भत्ता, अपाङगता बालबालिका भत्ता, समाज कल्याण भत्ता (बिशेष अपाङगता समाज कल्याण भत्ता
रकमको बारेमा बुझ्नको लागी यो लिङकमा हेर्नुहोला। (जापानी भाषा)
http://www.city.yokohama.lg.jp/kenko/shogai/teate/
सम्पर्क आफ्नो बसाइ दर्तागरेको वडा कार्यलयको कल्याण तथा स्वास्थय केन्द्र  


障害者手当等の額が4月から改定されます

२०२० सालको अचल सम्पति कर・शहर योजना करको प्रथम किस्ता भुक्तानीको अन्तिम मिति


२०२० सालको अचल सम्पति करशहर योजना करको प्रथम किस्ता भुक्तानीको अन्तिम मिति अप्रिल 
३०तारिकबिहिबाररहेको छ।
योकोहामा शहरले भुक्तानिको विल अप्रिलको १० तारिक तिर पठाउने योजना रहेको छ।
सम्पर्कआर्थिक प्रशासन बिभाग कर महाशाखा अचल सम्पति शाखा फोन ०४५-६७१-२२५८जापानी भाषा

2020年度固定資産税・都市計画税 第1期納期限

आकाशे पानी जम्मा गर्ने ट्याङकि जडान गर्न अनुदान


आकाशे पानी ट्याङकि
आकाशे पानी ट्याङकि भन्नाले, आकाश बाट परेको पानी जम्मा गर्ने भाडो हो, छानोमा परेको पानी पाइप मार्फत एकै ठाउँमा जम्मा गरेर ट्याङकिमा हालिन्छ। जम्मा गरिएको पानीलाइ ट्याङकिको तल्लो भागमा भएको धारोबाट झिकेर प्रयोग गर्न सकिन्छ।

आवेदन मिति२०२० साल अप्रिल २० तारिक सोमबार)~डिसेम्बर १८ तारिक शुक्रबार
अनुदान पाउने ब्यक्ति ३०० जना
लक्षित ब्यक्तियोकोहामा शहरमा घर भएको ब्यक्ति, पहिले यो अनुदान नलिएको घर हुनु पर्नेछ।
आवेदनआवेदन फारम हुलाकबाट पठाउने वा वातावरण श्रृजना बिभागमा सिधै लिएर आउने
    आवेदन फारम, हरेक वडा कार्यलयको जनसम्पर्क तथा परामर्शको कर्मचारी बाट
वा होमपेजबाट पनि लिन सकिनेछ
सम्पर्कवातावरण श्रृजना बिभाग पाइपलाइन सरंक्षण शाखा फोन ०४५-६७१-२८३०


雨水貯留タンク設置助成金

LGBT परामर्श


यस्ता कुराहरुको बारेमा परामर्श लिन सकिन्छ।
यौन अल्पसंख्यक बारे बुझेको क्लिनिकल मनोवैज्ञानिक संग परामर्श लिन चाहेको।
छुट्टै कोठामा समय लगाएर, आफ्नो बारेमा परामर्श लिन चाहेको।
आफु यौन अल्पसंख्यक हो कि, के हो थाहा छैन। कुरा गरेर आफ्नो भावना निर्कयौल गर्न चाहेको।
आफुजस्तै ब्यक्तिहरु संग भेटेर कुरा गर्न चाहेको, तर कस्ता ठाँउहरु छन् भन्ने थाहा नभएको। छोराछोरीबाट आफु यौन अल्पसंख्यकसमलिंगी मनपराउने, मन र शरीरको लिङग फरक रहेको जस्ताभएको कुरा सुनाएर चिन्ता लागेको।
माथी उल्लेखित कुराहरु केहि उदाहरण हुन्। त्यसबाहेक भएपनि निर्धक्क संग परामर्श गर्न सक्नुहुनेछ।
जापानी भाषामा कुरा गरिने हुदाँ भाषा नआउनेले आफै अनुवाद गर्ने ब्यक्ति लिएर आउनुहोला।
(१)(२) दुवै ठाँउहरुमा हरेक महिना १ पल्ट आयोजना गरिनेछ।
मिति र स्थान(१)सोमबार को राति निसिकु फुकुसि होकेन खाचुदो क्योतेनफुकुसिया
योकोहामासि निसिकु ताकाजिमा २च्योमे ७ बान १गोउ
फासुतो पुरेइस योकोहामा तेस्रो तला
योकोहामास्टेशन पुर्वि गेट बाट पैदल ४ मिनेट
       (२)बिहिबार को दिँउसो सेइस्योनेन सोउदान सेन्टर
       योकोहामासि मिनामिकु उराफुने च्यो ३-४४-२
सिएइ चिकातेचुबानदोबासीस्टेशनमा ओर्लेर पैदल ५ मिनेट 
अथवा केहिन क्युको कोगानेच्योस्टेशनमा ओर्लेर पैदल १० मिनेट
सम्पर्कदर्ता भएको गैर सरकारी संस्थाSHIP फोन ०४५-५९४-६१६०जापानी भाषा
URL 


LGBT相談

अध्यन सहयोग प्रणाली

बालबच्चाहरुलाई योकोहामा शहर बाट सञ्चालित अनिवार्य शिक्षा अन्तरगत प्राथामिक बिधालय वा निम्न माध्यामिक बिधालयमा पढाउन आर्थिक रुपमा कमजोरी भएकाहरुको लागि, शैक्षिक सामाग्रीशैक्षिक भ्रमण खर्च जस्ता बिषयमा सहयोग गरिन्छ।
लक्षित ब्यक्तिबालबच्चाहरुलाई योकोहामा शहर बाट सञ्चालित अनिवार्य शिक्षा अन्तरगत प्राथामिक बिधालय वा निम्न माध्यामिक बिधालयमा पढाउन आर्थिक रुपमा कमजोर ब्यक्तिबिस्तृत जानकारीकोलागी तल सम्पर्क गर्नुहोला
URL  
आवेदनबच्चाको स्कुल मार्फत जानकारी र आवेदन फारम बितरण गरिनेछ।
सम्पर्कबच्चाको स्कुल वा शिक्षा परिषदको कार्यलय बिधालय सहयोगक्षेत्रिय सहकार्य शाखा
फोन ०४५-६७१-३२७०जापानी भाषा

就学援助制度

फर्निचर पल्टन बाट रोक्न नि:शुल्क फिक्स गरिनेछ।


फर्निचर पल्टन बाट रोक्ने फिक्स गर्ने भन्नाले, भुकम्पको बेला दराज वा सन्दुक जस्ता फर्निचरलाइ पल्टन बाट रोक्नको 
लागी फिक्स गरेर अडकाउने कुरा हो।
लक्षित ब्यक्ति संगै बसेको परीवारको सबैजना, तल को (१)(६)को कुनै मा पर्ने परीवार हुनु पर्ने
   
(१)६५बर्ष भन्दा माथी (२)शारिरिक अपांगता भएको प्रमाणपत्र प्राप्त गरेको ब्यक्ति (३) आइनो तेच्योबौदिक अपांगता प्रमाणपत्रप्राप्त गरेको बालबालिका 
(४)मानसिक रोगको वीमा कल्याण प्रमाणपत्र प्राप्त गरेको ब्यक्ति
(५)दिर्घकालिन हेरचाह ऐन अनुसार हेरचाह आवश्यक पर्ने,  वा सहयोग आवश्यक पर्ने भनि प्रमाणित ब्यक्ति 
(६)निम्न माध्यामिक बिधालयको बिधार्थी भन्दा तल
फिक्स गरिदिने फर्निचर जम्मा २ वटा सम्म
सम्पर्क अवधी २०२० साल अप्रिल १ तारिक (बुधावर)जुलाई ३१ तारिकशुक्रवार
लक्षित व्यक्ति ५०० जना
आवेदन फोन वा बिशेष फारम भरेर आवेदन दिनुपर्नेछ।
    फोन ०४५-६७१-३४५६
फारम जापानी भाषा
सम्पर्क सामान्य प्रशासन बिभाग क्षेत्रिय प्रकोप नियन्त्रण शाखा फोन०४५-६७१-३४५६जापानी भाषा

家具転倒防止器具の取付を無料代行します。


आउटडोर गतिविधी गर्ने स्थानको गर्मिको समयको गोलाप्रथा


जुलाइ २१ अगष्ट ३१ भित्र प्रयोग गर्नको लागी गोलाप्रथा।
(१)सेइस्योनेन यागाइ काचुदो सेन्टर(मिचुजावा कोउएनकुरोगानेकोदोमो सिजेनखान
(२)आकागी रिनखान गाकुएन
(३)मिनामी इजु रिनखाइ गाकुएन
गोलाप्रथा गरिने मिति र समय(१)२०२० साल मे  ९ तारिक (शनिवार) १०:०० (२)२०२०साल मे १० तारिक (आइतबार)११:०० (३)२०२० साल मे १० तारिक (आइतवार १३:००
उक्तदिन ३० मिनेट अगाडि बाट दर्ता शुरु हुनेछ।
गोला प्रथा गरिने ठाँउ: (१) सेइस्योनेन यागाइ खाचुदो सेन्टरका भवनहर
          मिचुजावा कोउएन 
          कुरोगाने     
          कोदोमो सिजेनखान 
(२)(३)योकोमाहाम स्पोर्टा संस्थानाकाकु ओआगेच्यो ६-८१ निस्सेइयोकोहामा ओआगेबिरु
लक्षित ब्यक्तिशहरु भित्र कार्यक्रम गर्नुहुने २० जना वा त्यो भन्दा बढि सदस्य भएको युथ संस्था
सम्पर्कयोकोहामा स्पोर्ट संस्था फोन ०४५-६७१-९३६१जापानी भाषा

野外活動施設 夏期抽選会

योकोहामा सिटि नोजिमा सेइस्योनेन तालिम केन्द्र)गर्मि सिजनको रात बस्ने बारे गोलाप्रथा


गर्मि सिजनको अवधी २०२० साल जुलाई २२ तारिकअगष्ट ३१ तारिकमा प्रयोग गर्न चहानुहुने महानुभावहरुले , गोलाप्रथामा भागलिने आवेदन दिइ, सहभागी हुनुहोला।
लक्षित प्रयोग गरिने अवधीजुलाई २२ (बुधवार)अगष्ट३१ (सोमबार)
आवेदन दिने अवधीअप्रिल १३ (सोमबार) मे ९ (शनिवार)
गोलाप्रथा मिति मे १० आइतवार१३:३०
स्थानयोकोहामासि नोजिमा सेइस्योनेन केन्स्यु सेन्टर सिसाइड लाईन नोजिमा कोउएनस्टेशन बाट पैदल ८ मिनेट
लक्षितयोकोहामा सिटि भित्र काम गरेको, करिव २० जना वा त्यो भन्दा बढि सहभागी रहेको युथ समुह वा तिनलाई हुर्काउने समुह
आवेदनफोन वा होमपेज बाट आवेदन फारम भर्न सकिनेछ।
विस्तृत जानकारी जापानी भाषा

(横浜市野島青少年研修センター)夏季宿泊利用抽選会