2019年12月9日月曜日

नयाँ बर्षमा फ़ोहोर तथा पुन: प्रयोगयोग्य बस्तुको संकलन मिति

डिसेम्बर ३१ तारिख मंगलबार देखि २०२० जनवरी ३ तारिख शुक्रबारसम्म फ़ोहोर  तथा पुन: प्रयोगयोग्य बस्तुहरुको संकलन गरिने छैन ।
यस अवधिमा फ़ोहोर तथा पुन: प्रयोगयोग्य बस्तुहरु संकलन स्थानमा नराख्नुहोस् ।
सन् २०२० मा जनवरी ४ तारिख शनिबार देखि नियमित रुपमा संकलन गरिने छ ।

年末年始のごみと資源物の収集日程

नयाँ बर्षको समयमा बिरामी वा घाउचोट लागेमा परामर्श गर्न सकिने स्थान


नयाँ बर्षको समयमा अकस्मात बिरामी वा घाउचोट लागेमा अस्पताल जाने कि एम्बुलेन्स बोलाउने भनेर द्विबिधा भएमा आकस्मिक परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क : टेलिफ़ोनको पुस बटनमा #७११९ थिच्नुहोस् ।
सम्पर्क हुन नसकेमा ०४५-२३२-७११९ मा फ़ोन गर्नुहोस् ।

जापानी भाषामा मात्र सेवा उपलब्ध हुने छ । जापानी भाषा नबुझ्ने ब्यक्तिले भाषा बुझ्ने चिनजानको ब्यक्ति वा साथी मार्फ़त फ़ोन गर्न लगाउनुहोस् ।

नयाँ बर्षको समयमा जाँच्न सकिने स्वास्थ्य संस्था थाहा पाउनको लागि निम्न होमपेज हेर्नुहोस् । (जापानी भाषामा)
http://www.city.yokohama.lg.jp/iryo/14248.html

बहुभाषिक जाँच फ़ारम
तपाईंको बिमारी लक्षण तपाईंकै भाषामा बुझाउने माध्याम हो । अस्पतालमा स्वास्थ्य जाँच गराउने बेलामाप्रयोग गर्नुहोस् ।
नेपाली भाषामा : http://www.kifjp.org/medical/espanol/index.html
年末年始 病気やけがをしたときに相談できるところ

नयाँ बर्षमा बन्द हुने स्थानहरु

योकोहामा सिटी बसको आवधिक टिकट (तेइकि) बिक्री काउन्टर
सन् २०१९ डिसेम्बर २८ तारिख (शनिबार) देखि सन् २०२० जनवरी ५ तारिख (आइतबार) सम्म
योकोहामा सिटी बस र अण्डरग्राउण्ड रेलको आवधिक टिकट (तेइकि) बिक्री काउन्टर
सन् २०१९ डिसेम्बर ३१ तारिख (मंगलबार) देखि सन् २०२० जनवरी ३ तारिख (शुक्रबार) सम्म
सम्पर्क : योकोहामा सिटी कल सेन्टर, ०४५-६६४-२५२५ (स्पेनिसमा भाषा अनुवाद सम्भव)

年末年始の施設の休み

राष्ट्रिय पेन्सन बिमा शुल्क क्रेडिट कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ

क्रेडिट कार्डबाट राष्ट्रिय पेन्सन बिमा शुल्क भुक्तानी गर्न चाहने ब्यक्तिले बसोबास गरेको वार्डको पेन्सन कार्यालयमा गई निबेदन गर्नुहोस् ।

भुक्तानी गर्ने तरिका (रोज्न सकिने छ)
मासिक रुपमा भुक्तानी
६ महिनाको, १ बर्षको, २ बर्षको शुल्क अग्रिम भुक्तानी गर्ने
नोट : बिगतको बक्यौता चाँही क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने छैन ।
सम्पर्कबसोबास गरेको वडा कार्यालयको राष्ट्रिय पेन्सन शाखा
हरेक वडा कार्यालयको राष्ट्रिय पेन्सन शाखाहरुको तालिका (जापानीमा)  
http://www.city.yokohama.lg.jp/kenko/nenkin/9-0todokede.html

国民年金保険料は、クレジットカードでも納付できます

चिकित्सा खर्चको जानकारी (चिकित्सा खर्च बिवरण) पठाइने

कानागावा बृद्ध मेडिकल एसोसिएशनले सन् २०१९ को चिकित्सा खर्चको जानकारी बिवरण हुलाक मार्फ़त पठाउने छ ।चिकित्सा खर्चको बिवरण चिकित्सा खर्च कटौति रिपोर्ट तयार गर्ने बेलामा प्रयोग हुन्छ ।
रिपोर्ट तयार गर्ने बेलामा प्रयोग हुन सक्ने भएकोले अस्पताल गएको बेलामा प्राप्त नगद भौचरहरु जतन गरी राख्नुहोस् ।
सन् २०१९ जनवरी देखि नोभेम्बरसम्मको जांच गरेको भाग सन् २०२० फ़ेब्रुअरी मध्यतिर पठाइने छ ।

सम्पर्क : बसोबास गरेको वडा कार्यालयको बिमा शाखा
सम्पर्क गर्ने स्थानको तालिका (जापानीमा)  http://www.city.yokohama.lg.jp/kenko/kokuho/reference.html

医療費のお知らせ(医療費通知)の送付

सिटीद्वारा संचालित पुस्तकालयको नयाँ बर्ष बिदा

बिदा : सन् २०१९ डिसेम्बर २९ तारिख (आइतबार) देखि सन् २०२० जनवरी ४ तारिख (शनिबार) १२:०० बजेसम्म
सन् २०२० जनवरी ४ तारिख (शनिबार) १२:०० बजेदेखि खुल्ला गरिने छ ।
सम्पर्क : शिक्षा समितिको कार्यालय केन्द्रिय पुस्तकालय योजना तथा संचालन बिभाग, फ़ोन नं: ०४५-२६२-७३३

市立図書館の年末年始休館

सिटीद्वारा संचालित निम्न माध्यमिक बिद्यालय तथा अनिवार्य शिक्षा उत्तरार्ध भागको बिद्यालय भर्ना सम्बन्धी जानकारी

योकोहामा सिटीद्वारा संचालित निम्न माध्यमिक बिद्यालयमा भर्ना हुन चाहनु हुने बिदेशी नागरिकका बालबच्चाहरु बसोवास गरिरहेको वडा कार्यालयको परिवार दर्ता शाखामा जानुहोस् । 
प्रकृया सकिए पछि योकोहामा सिटीले निम्न माध्यमिक तथा अनिवार्य शिक्षा बिद्यालय उत्तरार्ध भागको बिद्यालय भर्ना सम्बन्धी जानकारी अभिभावकलाई पठाउंछ ।
सम्पर्क : निम्न अनुसारको स्थानमा सम्पर्क गर्नुहोस् ।
सन् २०२० अप्रिल महिना देखि भर्ना हुने निम्न माध्यमिक बिद्यालय (फ़ोन नं आफ़ैले खोज्नुहोस्)
योकोहामा सिटी शिक्षा समितिको कार्यालय बिद्यालय सहयोग तथा स्थानिय सम्बन्ध बिभाग, फ़ोन नं: ०४५-६७१-३२७०
असक्त सम्बन्धी परामर्श (जापानीमा)  
बिशेष शिक्षा सहयोग केन्द्र, फ़ोन नं: ०४५-३३३-१४५

市立中学校・義務教育学校後期課程就学通知

बाल भत्ता प्रमाणिकरण अनुरोधको बिद्युतिय निबेदन शुरु गरिने

राष्ट्रद्वारा संचालित अन्लाइन सेवा (माइनापोर्टल) प्रयोग गरी बाल भत्ता प्रमाणिकरण अनुरोध बिद्युतिय माध्यामबाट पनि सम्भव हुन्छ । सो सेवा प्रयोग गर्नको लागि माईनम्बर कार्ड, कम्प्युटर, आइसी कार्ड रिडर राइटरको आवश्यकता पर्दछ ।
आवेदन दर्ता सुरु मिति : सन् २०१९ डिसेम्बर १ तारिख (आइतबार)
सम्पर्क : बाल तथा युवा ब्युरो बाल बिभाग भत्ता भुक्तानी शाखा, फ़ोन नं : ०४५-६४१-८४११ (जापानीमा)
URL https://www.city.yokohama.lg.jp/kurashi/kosodate-kyoiku/oyakokenko/teate/ (जापानीमा)

児童手当認定請求の電子申請が始まります

निर्माण सम्बन्धी रोजगार मेला

निर्माण सम्बन्धी ४१ वटा कम्पनीहरु सहभागी हुने योजना । संयुक्त रुपमा रोजगार अन्तरवार्ता तथा कम्पनीको बारेमा जानकारी
मिति र समय : सन् २०१९ जनवरी १७ तारिख (शुक्रबार) १५:००१८:०० बजे (दर्ता १४:३० बजे)
स्थान : सिन्तोसी हल (सोगो योकोहामा शाखा ९ औं तल्ला सिमिन फ़्लोर) फ़ोन नं : ०४५-४६५-२६११
लक्षित ब्यक्ति : काम गर्न मिल्ने भिसा भएको ब्यक्ति, जापानी भाषामा काम गर्न सक्ने ब्यक्ति
अन्य : सो दिन अन्तरवार्ता दिन चाहने ब्यक्तिले ब्यक्तिगत बिवरण (बायोडाटा) लिएर आउनु होला ।
सम्पर्क : हेल्लो वर्क योकोहामा, रोजगार परामर्श योजना बिभाग, फ़ोन नं: ०४५-२२२-८६०९

建設関連就職フェア

असक्तहरुको वयष्क दिवस

योकोहामा सिटीमा असक्तहरुको अभिभावकहरु जम्मा भई वयष्क हुनेहरुलाई प्रोत्साहन दिन असक्तहरुको वयष्क दिवस आयोजना गरिन्छ ।
मिति र समय : सन् २०२० जनवरी १९ तारिख (आइतबार) १३:००१६:०० बजे
स्थान : योकोहामा रापोर्ट (योकोहामा-सी, कोहोकु-कु, चुरुयामा १७५२)
लक्षित ब्यक्ति : योकोहामा आरिनामा आयोजना गरिने वयष्क दिवसमा सहभागी हुन गाह्रो हुने असक्त ब्यक्ति र उसको अभिभावक
सहभागिता शुल्क : २,००० येन (त्यसमा उत्सव सहभागिता शुल्क समेटिएको, ब्यक्तिगत फ़ोटो खिच्न चाहने ब्यक्तिको लागि ५०० येन छुट्टै लाग्ने छ)
निबेदन : डिसेम्बर १ तारिख (आइतबार) देखि सम्बन्धीत फ़ारम (होमपेजबाट डाउनलोड गर्न सकिने) 
सम्पर्क : स्वास्थ्य कल्याण ब्युरो असक्त कल्याण बिभाग, फ़ोन नं : ०४५-६७१-३६०२ (जापानीमा)
URL http://www.mamorukairenmei.com/index.htm

障害者の成人を祝うつどい

“वयष्क दिवस” मनाउने जमघटको प्रवेश टिकट पठाउने

योकोहामा सिटीले वयष्क दिवसको कार्यक्रममा सहभागी हुने ब्यक्तिलाई २०१९ डिसेम्बर मध्यसम्ममा प्रवेश टिकट पठाउने छ ।
टिकट नआइपुगेमा डिसेम्बर २३ तारिख (सोमबार) पछि सम्पर्क गर्नुहोस् ।
वयष्क दिवसको कार्यक्रममा सहभागी हुन प्रवेश टिकट अनिवार्य रुपमा लिएर आउनुहोस् ।
लक्षित ब्यक्ति : सन् १९९९ अप्रिल २ तारिख देखि सन् २००० अप्रिल १ तारिखसम्ममा जन्मिएर बिभिन्न वडामा दर्ता गरेको ब्यक्ति
आयोजना मिति र समय : सन् २०२० जनवरी १३ तारिख (सोमबार/सार्बजनिक बिदा)
स्थान : योकोहामा आरिना
निबेदन : डिसेम्बर १ तारिख (आइतबार) देखि सम्बन्धीत फ़ारम मार्फ़त (होमपेजबाट डाउनलोड गर्न सकिने)
सम्पर्क : शिक्षा समितिको कार्यालय आजीबन अध्ययन तथा साँस्कृतिक सम्पदा बिभाग, फ़ोन नं: ०४५-६७१-३२८२ (जापानीमा)

「成人の日」を祝うつどい 入場券発送

क्रिस्मस कन्सर्ट

फ़ायर फ़ाइटिंग संगित ब्याण्डद्वारा गरिने बिशेष कन्सर्ट र आगोलागि रोकथाम जागरणको आयोजना गरिने छ ।
मिति र समय : सन् २०१९ डिसेम्बर २२ तारिख (आइतबार) ११:००१३:०० बजेसम्म (१०:३० बजे हल खुल्ने)
स्थान : नागरिक प्रकोप रोकथाम केन्द्र (योकोहामा स्टेशन पश्चिम गेटबाट पैदल १० मिनेट)
   नक्सा : http://bo-sai.city.yokohama.lg.jp/map
अधिकतम संख्या : ३०० जना
होमपेज : http://bo-sai.city.yokohama.lg.jp/जापानीमा
सम्पर्क : दमकल बिभाग, योकोहामा सिटी फ़ायर फ़ाइटिंग संगित ब्याण्ड, फ़ोन नं: ०४५-३११-०१०० (जापानीमा)

クリスマスコンサート

योकोहामा ट्राइनाले २०२० प्रदर्शनी गाइड सहयोगी आह्वान


फ़ायर फ़ाइटिंग संगित ब्याण्डको बिशेष कन्सर्ट र प्रकोप रोकथाम जागरण कार्यक्रमको आयोजना गरिन्छ।
योकोहामा ट्राइनाले योकोहामा सिटीमा हरेक ३ बर्षमा १ पटक आयोजना गरिने समकालिन कला प्रदर्शनी हो ।

कार्यक्रम अवधि : सन् २०२० जुलाई मध्य देखि अक्टोबर ११ तारिख (आइतबार) योजना बनाईएको 
स्थान : योकोहामा कला संग्राहलय, प्लट नं. ४८
सामाग्रीहरु
ग्यालरी टुर कला वार्ता कार्यक्रम स्थलमा कलाको ब्याख्या
अग्रिम मार्गदर्शन सामुहिक दर्शकको लागि मार्गदर्शन
आवेदन अवधि : सन् २०१९ डिसेम्बर ११ तारिख (बुधबार) देखि सन् २०२० जनवरी १७ तारिख (शुक्रबार) सम्म
लक्षित ब्यक्ति : जापानी भाषा बुझ्ने ब्यक्ति, अन्य प्रावधानको बारेमा होमपेज हुर्नुहोस् ।
अधिकतम संख्या : २० जना जति
अन्य : यातायात खर्च आफ़ैले बेहोर्नु पर्ने छ ।
निबेदन : होमपेजबाट निबेदन दिनुहोस् ।
सम्पर्क : योकोहामा ट्राइनले सहयोग कार्यालय, फ़ोन नं: ०४५-२२८-७८१६

ヨコハマトリエンナーレ2020 展示会ガイドサポーター募集 

डिसेम्बरको बिदेशीको लागि कम्प्युटर कक्षा


मिति र समय : सन् २०२० जनवरी १६, २३, ३० तारिख, फ़ेब्रुअरी ६, १३, २० तारिख (बिहिबार)१३:००१५:०० बजे
स्थान : कोनान अन्तरराष्ट्रिय आदान-प्रदान लन्ज (कोनान-कु, खामिओओकानिसी १-६-१-१३ तल्ला)
लक्षित ब्यक्ति : काताकाना, हिरागाना पढ्न सक्ने बिदेशी नागरिक
अधिकतम संख्या : १० जना (पहिले आउनेलाई प्राथमिकता) 
शुल्क : ३,५०० येन (६ पटकको लागि)
बिस्तृत जानकारी मिति : सन् २०२० जनवरी ९ तारिख (बिहिबार) १३:३०१४:०० बजे
निबेदन : सन् २०१९ डिसेम्बर २१ तारिख (शनिबार) देखि सन् २०२० जनवरी ८ तारिख (बुधबार)
कार्यालयमै आएर वा फ़ोन मार्फ़त दर्ता लिइने छ ।
    जानकारी गराउनु पर्ने कुराहरु
    ・नाम ・बसोवास गरिरहेको वडा ・फ़ोन नम्बर ・आफ़्नो राष्ट्र 
कम्प्युटर चाहिने हो कि होइन
     फ़ोन नं: ०४५-८४८-०९९०

12月 外国人のためのパソコン教室