2019年10月18日金曜日

अक्टोबर १ तारिकदेखि “निशुल्क बाल शिक्षा प्रणाली”लागु हुन्छ ।


मन्त्री परिषदको होमपेजमा निशुल्क बाल शिक्षा प्रणालीसम्बन्धी अंग्रेजीमा पढ्न सकिन्छ ।

10月1日から「幼児教育・保育の無償化」が始まります。

सन् २०१९ अक्टोबर महिनादेखि उपभोक्ता कर ८ प्रतिशत बाट बृद्धि भई १० प्रतिशत भएको छ ।


सामाजिक कल्याणको आर्थिक श्रोतको रुपमा बिमा शुल्क मात्र नभई ठूलो परिमाणको ऋणमा पनि भर पर्नु परेको छ । उक्त आर्थिक भार छोरा छोरी तथा नाति नातिनीको पुस्तामा पनि सर्दै गईरहेको छ । जन्मदरको कमि र बृद्धहरुको संख्यामा आएको बृद्धिले गर्दा सामाजिक कल्याणको रकम पनि बृद्धि भई कर र ऋणमा भर पर्ने भाग पनि बृद्धि भईरहेको छ । स्थायी आर्थिक श्रोत कायम राखी समाजिक बिमा प्रणाली आगामी पुस्तामा हस्तान्तरण गर्दै सबै पुस्तालाई हुने बनाउनको लागि उपभोक्ता करको दरमा बृद्धि गर्नु आवश्यक छ ।

बृद्धि भएको उपभोक्ता कर सबै पुस्तालाई लागु हुने सामाजिक बिमाको लागि उपयोग गरिने छ । 


2019年10月から消費税が8%から10%になりました。

भ्रमण पछिको स्वास्थ्यमा होशियार बनौं ।


डेंगु ज्वरो तथा जिका ज्वरो आदि बिभिन्न खालका रगत चुस्ने किटाणुबाट सर्ने गर्छ । यस्तो रोग सर्नबाट बच्नको लागि लामखुट्टेले नटोक्ने उपाय लगाउनुहोस ।
यात्रा सम्बन्धी होशियारी: डेंगु ज्वरो तथा जिका ज्वरो बिशेष गरी उष्ण तथा उपोष्ण क्षेत्रमा बढि देखिन्छ । बिशेष गरी जिका ज्वरो हाल दक्षिण अमेरिका तथा क्यारेबियन मुलुकहरुमा फ़ैलिरहेको छ ।   
गर्भवती भएका र गर्भवतीको सम्भावना रहेका ब्यक्तिहरु जिका ज्वरो फ़ैलिएको क्षेत्रमा भ्रमण नगरौं।   
लामखुट्टेको टोकाईबाट बच्नको लागि     
किटनाशक औषधी प्रयोग गर्ने     
लामो बाहुला भएको लुगा लगाउने आदि छाला नदेखाउने  
सुत्ने बेलामा झुलको प्रयोग गर्ने   
कोठा भित्र लामखुट्टे छिर्न नदिने (जाली भएको ढोका प्रयोग गर्ने) आदि
  घरमा लामखुट्टे बढ्न नदिने उपायहरु गर्ने 
 घरको वरिपरि लामखुट्टेले फ़ुल पार्न सक्ने बातावरण बन्न नदिने (पानी जम्न नदिने, वरिपरि गमलाहरु घोप्टो पार्ने तथा खाली भएका क्यानहरु फ़ाल्ने आदि)


旅行後の健康に気を付けましょう!

कन्भिनियन्स स्टोरको प्रमाण-पत्र जारी गर्ने सेवा अस्थायी रुपमा बन्द हुने सुचना


सिस्टम मर्मतको लागि प्रमाण-पत्र जारी गर्ने सेवा बन्द हुनेछ । 
मिति : अक्टोबर २१ तारिक (सोमबार) पूरा दिन
सम्पर्क : योकोहामा सिटी कल सेन्टर (अंग्रेजीमा पनि)
     फ़ोन नं : ०४५-६६४-२५२५

コンビニ交付サービス一時休止のお知らせ


पेन्सनबाट जीवन यापन गर्नेहरुको लागि अनुदान कार्यक्रम लागु हुन्छ


पेन्सनबाट जीवन यापन गर्नेहरुको लागि अनुदान कार्यक्रम सरकारी पेन्सन आदिको आम्दानी तथा आम्दानी कर एक हदभन्दा कम भएका बृद्धहरुको जीवन यापनमा सहयोग गर्नको लागि राष्ट्रले पेन्सनमा केहि रकम थप गरेर भुक्तानी गर्ने कार्यक्रम हो ।
भुक्तानीको लागि आवश्यक प्रावधान पूरा नगरेको खण्डमा भुक्तानी गरिने छैन ।
अनुदान लिनको लागि बिल पेश गर्नु पर्ने हुन्छ ।

सम्बन्धित ब्यक्तिलाई निम्न अनुसारको खाम आउने छ ।


 










जापान पेन्सन सेवाबाट भुक्तानी बिल आदि प्राप्त भएमा त्यो भरेर हुलाक मार्फ़त फ़िर्ता पठाउनुहोस् ।
बिस्तृत बिवरणको लागि पेन्सन अनुदानको लागि ब्यवस्था गरिएको फ़ोन नम्बरमा डायल गर्नुहोस् ।
फ़ोन नं : ०५७०-०५-४०९२ (जापानीमा)

年金生活者支援給付金制度が始まります

सन् २०१९ को ब्यक्तिगत सिटी कर/प्रान्तीय करको भुक्तानी गर्ने अन्तिम म्याद (तेश्रो किस्ता)


सन् २०१९ को ब्यक्तिगत सिटी कर/प्रान्तीय करको भुक्तानी गर्ने अन्तिम म्याद (तेश्रो किस्ता) अक्टोबर ३१ तारिक (बिहिबार) हो ।
उक्त दिनसम्ममा तेश्रो किस्ताको कर भुक्तानी गर्नुहोस् ।
सम्पर्क : बसोवास गरेको सिटी कार्यालयको कर शाखा
हरेक सिटीको कर शाखाको सम्पर्क नम्बर तालिका (मेसिनबाट भाषा अनुवाद अंग्रेजीमा) https://translate-en.city.yokohama.lg.jp/kurashi/koseki-zei-hoken/zeikin/faq/reference.html
सम्पर्क : बसोवास गरेको सिटी कार्यालयको कर शाखा


2019年度個人市民税・県民税の納期限(第3期)

सरकारी आवासमा बसोवास गर्न चाहनेहरुको निबेदन आह्वान


सिटीद्वारा संचालित सरकारी आवासमा बसोवास गर्न चाहनेहरुको लागि अप्रिल र अक्टोबर गरी २ पटक निबेदन आह्वान गरिन्छ ।
सरकारी आवासमा बस्नको लागि आम्दानीको मापदण्ड तथा सम्बन्धित सिटीमा ६ महिनाभन्दा बढि बसोवास गरेको अथवा काम गरेको हुनुपर्ने जस्ता प्रावधानहरु छन् ।
निबेदन आह्वान परिवार संख्या : ६५३ परिवार (चिट्ठा प्रणाली)
लक्षित ब्यक्ति : सम्बन्धित सिटीमा ६ महिना भन्दा बढि बसोवास वा काम गरेको वयष्क
निबेदन : आवेदन सम्बन्धी बुकलेट प्राप्त गरी त्यसमा भएको निबेदन फ़ारममा आवश्यक जानकारीहरु लेखेर बुझाउने
आवेदन सम्बन्धी बुकलेट प्राप्त गर्न सक्ने स्थान
 सिटी कार्यालयको संचार परामर्श शाखा, सरकारी सेवा काउन्टर, सिटी कार्यालयको नागरिक सुचना केन्द्र
निबेदन दर्ता मिति : सन् २०१९ अक्टोबर ९ तारिक देखि अक्टोबर १८ तारिक सम्म
बिस्तृत बिवरणको लागि आवेदन सम्बन्धी बुकलेट हेर्नुहोस् ।
सम्पर्क : योकोहामा सिटी आवास आपुर्ति कम्पनी, सरकारी आवास शाखा, फ़ोन नं : ०४५-४५१-७७७७

市営住宅入居者募集

बिद्यालय भर्ना अनुदान प्रणालीको निबेदन सम्बन्धमा


बिद्यालय भर्ना अनुदान प्रणाली भन्नाले बालबच्चाहरुलाई सरकारी बिद्यालयहरुमा अनिवार्य शिक्षाको लागि भर्ना गर्न आर्थिक  समस्यामा परेका ब्यक्तिहरुको लागि उपलब्ध गराइने अनुदान प्रणाली हो । सन् २०२० मा प्राथमिक बिद्यालयमा भर्ना हुने बच्चाहरुको लागि अनुदान रकम सन् २०१९ डिसेम्बर महिनामा भुक्तानी गरिन्छ ।
लक्षित ब्यक्ति : सन् २०२० मा प्राथमिक बिद्यालयमा भर्ना हुनु पर्ने बच्चाहरु सरकारी बिद्यालयमा अनिवार्य शिक्षा लिनको लागि आर्थिक समस्यामा परेको ब्यक्ति
निबेदन फ़ारम बितरण : सन् २०१९ अक्टोबर १७ तारिक (बिहिबार) पछि, बिद्यालय भर्ना सम्बन्धी जानकारी पठाइने खाममा संगै राखेर पठाइने छ ।
निबेदन अवधी : सन् २०१९ नोभेम्बर ११ तारिक (सोमबार) देखि नोभेम्बर १५ तारिक (शुक्रबार)सम्म
सम्पर्क : शिक्षा समितिको कार्यालय बिद्यालय सहयोग तथा समन्वय शाखा, फ़ोन नं : ०४५-६७१-३२७०(जापानीमा)


就学援助制度の申請について

युनिट प्रकारको बिशेष नर्सिंग बृद्धाश्रममा निबेदन आह्वान


युनिट प्रकारको बिशेष नर्सिंग बृद्धाश्रम भन्नाले पूर्ण रुपमा छुट्टै कोठा भएको र १० जनासम्मको समुहले जीवन यापन गर्न सक्ने नर्सिंग बृद्धाश्रम हो ।
सन् २०२० अप्रिल देखि जुलाई महिना सम्ममा नयां ३ स्थानमा संचालनमा ल्याउने योजना छ ।
------------
स्थानको नाम : (१) सिराउमेनोयामा होम/प्रस्ताबित नाम (निसी-कु) (२) नर्सिंग केयर बृद्धाश्रम वाकाताके मिनामी/प्रस्ताबित नाम (मिनामी-कु) (३) बिशेष नर्सिंग बृद्धाश्रम वाकाकुसा/प्रस्ताबित नाम (कानाजावा-कु)
आवश्यक संख्या : (१) ९० जना (२) १५० जना (३) ११० जना
आवेदन अवधी : सन् २०१९ अक्टोबर १ तारिक देखि सन् २०१९ नोभेम्बर २० तारिक सम्म
लक्षित : नर्सिंग केयर आवश्यक तह ३ देखि ५ सम्मको ब्यक्ति, नर्सिंग केयर आवश्यक तह १,२ को बिशेष प्रावधानमा पर्ने ब्यक्ति
निबेदन दिने तरिका : निबेदन फ़ारम लिई आवश्यक जानकारी भरेर तोकिएको काउन्टरमा बुझाउने
निबेदन फ़ारम प्राप्त गर्न सकिने स्थान :
योकोहामा सिटीको हरेक वडा कार्यालय
टोल सेवा प्लाजा
होमपेजबाट डाउनलोड गर्न पनि सकिन्छ ।
http://www.city.yokohama.lg.jp/kenko/kourei/riyousya/shisetu/tokuyoumoushikomi.html
सम्पर्क : स्वास्थ कल्याण बिभाग बृद्धाश्रम शाखा, फ़ोन नं : ०४५-६७१-३९२३ (जापानीमा)

ユニット型特別養護老人ホーム入居者募集

उत्तरी ढल निकास केन्द्रको बस अवलोकन भ्रमण


ढल ब्यवस्थापन केन्द्रको अवलोकन पश्चात नागरिक बिपद ब्यवस्थापन केन्द्रको अवलोकन गरिने छ।
मिति र समय : सन् २०१९ नोभेम्बर ९ तारिक (शनिबार) १०:०० बजेदेखि १६:३० बजेसम्म
स्थान : उत्तरी ढल निकास केन्द्र (चुरुमी-कु, सुएहिरो च्यो १-६-८)
आवश्यक संख्या : ५० जना (पहिले आउनेलाई प्राथमिकता)
ल्याउनु पर्ने सामान : लन्च बक्स (बेन्तो) 
जुत्ता : हाईहिल (अग्लो हिल) भएको जुत्ता लगाएर सहभागी हुन पाइने छैन ।
निबेदन दिने तरिका : होमपेजबाट निबेदन दिनु पर्ने (अक्टोबर १० तारिक देखि)
https://www.city.yokohama.lg.jp/kurashi/machizukuri-kankyo/kasen-gesuido/gesuido/center/saisei_center/02wtc.html
सम्पर्क : उत्तरी ढल निकास केन्द्र, फ़ोन नं : ०४५-५०३-०२०१ (जापानीमा)

北部下水道センターバス見学会

हलोइन कन्सर्ट


वारुण यन्त्र संगित समुहद्वारा गरिने हलोइन कन्सर्ट हो ।
मिति र समय : सन् २०१९ अक्टोबर २७ (शनिबार) १४:०० बजेदेखि १५:०० बजेसम्म (१३:३० बजे हल खुल्ने)
स्थान : योकोहामा सिटी बिपद ब्यवस्थापन केन्द्र (कानागावा-कु सावातारी ४-७)
   नक्सा (जापानी/अंग्रेजी)http://bo-sai.city.yokohama.lg.jp/map
संख्या : ३०० जना
सम्पर्क : योकोहामा सिटी बिपद ब्यवस्थापन केन्द्र, फ़ोन नं : ०४५-३११-०१००

ハロウィン・コンサート

टोकियो तटिय धन्यवाद मेला २०१९


टोकियो तटिय क्षेत्रको बारेमा जानकारी लिंदै रमाउने १ लाख जना जम्मा हुने मेला
मिति र समय : सन् २०१९ अक्टोबर २६ तारिक (शनिबार) १०:०० देखि १७:०० बजेसम्म, अक्टोबर २७ तारिक (आइतबार) १०:०० देखि १६:३० बजेसम्म
स्थान : आकारेङ्गा स्टोर इभेन्ट स्थल (नाका-कु सिनमिनातो १-१)
   नक्सा (जापानी/अंग्रेजी) https://www.yokohama-akarenga.jp/access/
   योकोहामा कोउदाइसानबासी हल
   नक्सा (जापानी/अंग्रेजी) https://osanbashi.jp/access/ 
सम्पर्क : टोकियो तटिय धन्यवाद मेला आयोजक समितिको कार्यालय, फ़ोन नं : ०३-५८०५-१०५९(जापानी) होमपेजhttp://tbsaisei.com/fes/


東京湾大感謝祭2019

४० औं योकोहामा सिप/कला मेला


सिप/कला प्रदर्शनी, सामान निर्माण अनुभव (काष्ठकला, हिलो माटोको कला) सिल्पकारको हातले बनाएका सामानहरुको बिक्रि आदि
मिति र समय : सन् २०१९ अक्टोबर २७ तारिक (आइतबार) १३:३० देखि १६:०० बजेसम्म
स्थान : निहोन ओदोओरी (मिनातोमिराइ लाइन निहोन ओदोओरी स्टेशन)
सम्पर्क : आर्थिक मामिला रोजगार तथा श्रम शाखा, फ़ोन नं : ०४५-६७१-४०९८ 
होमपेज : http://www.city.yokohama/lg/jp/business/kigyoshien/ginou

第40回よこはま技能まつり

सिटीद्वारा संचालित प्राथमिक बिद्यालय बिदेशी पार्ट-टाइम शिक्षक


प्राथमिक बिद्यालयमा अंग्रेजी भाषको माध्यामबाट आफ़्नो राष्ट्रको संस्कृति सिकाउने बिदेशी शिक्षकको आवेदन आह्वान गरिएको छ ।
अवधी : सन् २०२० अप्रिल १ देखि २०२१ मार्च ३१ तारिकसम्म
कार्यस्थल : योकोहामा सिटी भित्रको सरकारी प्राथमिक बिद्यालय
काम गर्ने दिन, समय, तलब आदिको बारेमा अक्टोबर १ तारिक पछि होमपेजमा सार्बजनिक गरिने छ।
योकोहामा सिटी प्राथमिक बिद्यालय बिदेशी पार्ट-टाइम शिक्षक 「横浜市立小学校 外国人非常勤講師」भनेर सर्च गर्नुहोस् ।

योग्यता :
अंग्रेजी र जापानी भाषामा दैनिक कुराकानी गर्न सक्ने
स्नातक वा सो सरह उतिर्ण गरेको
असिमित काम गर्न मिल्ने भिसा भएको बिदेशी नागरिक
    जापानी नागरिकता लिएको बिदेशीले पनि निबेदन दिन सक्नेछन् ।
निबेदन अवधी : सन् २०१९ अक्टोबर १ देखि नोभेम्बर १५ तारिक सम्म
निबेदन गर्ने तरिका : नोभेम्बर १५ तारिक (छाप लगाएको मान्य) सम्ममा बायोडाटा, आवासिय कार्ड अथवा पासपोर्टको फ़ोटोकपी, ८४ येनको हुलाक टिकट टांसेर फ़िर्ता पठाउने ठेगाना लेखिएको खाम शिक्षा समिति प्राथमिक बिद्यालय योजना शाखामा पठाउने ।
पठाउने ठेगाना : पोष्ट बक्स नं २३१-००१७, योकोहामा-सी, नाका-कु, मिनातो-च्यो १-१, योकोहामा सिटी शिक्षा समिति अन्तरराष्ट्रिय शिक्षा शाखा
सम्पर्क : योकोहामा सिटी शिक्षा समिति अन्तरराष्ट्रिय शिक्षा शाखा, फ़ोन नं : ०४५-६७१-३५८५


市立小学校外国人非常勤講師募集

सन् २०२० को लागि किन्डरगार्टेन (होइकुएन) प्रयोगको निबेदन


सन् २०२० अप्रिल महिनादेखि सरकारी किन्डरगार्टेन (होइकुएन) प्रयोग गर्न चाहनेहरुको लागि किन्डरगार्टेन प्रयोग सम्बन्धी जानकारी र निबेदन फ़ारम बितरण गरिन्छ । सन् २०१९ को लागि निबेदन दिएकाहरुले पनि सन् २०२० को लागि पुन निबेदन दिनु पर्ने छ ।
किन्डरगार्टेन (योउचिएन) को प्रयोग गर्न चाहनुहुनेले सम्बन्धित योउचिएनमा सम्पर्क गर्नु होला ।
* सरकारी किन्डरगार्टेन, अनुमति प्राप्त बाल उद्यान (बाल हेरचाहको प्रयोग), साना बालगृह, पारिवारिक बाल स्याहार ब्यवसाय, ब्यवसायिक स्थलमा बाल स्याहार केन्द्र (क्षेत्रिय कोटा)
(१) रोजगार प्रमाण-पत्र बितरण : सन् २०१९ अक्टोबर १ तारिक (मंगलबार) देखि
         बितरण स्थान : सिटी कार्यालय बाल शिक्षा शाखा, सिटीको होमपेज
(२) प्रयोग सम्बन्धी जानकारी बितरण : सन् २०१९ अक्टोबर ११ तारिक (शुक्रबार) देखि
         बितरण स्थान : सिटी कार्यालय, सरकारी सेवा काउन्टर
(३) अपांग बालकको हेरचाह सम्बन्धी अग्रिम परामर्श : अक्टोबर १ तारिक (मंगलबार) देखि , सिटी कार्यालय बाल शिक्षा शाखा
 ※अपांगता भएको बच्चाहरुको लागि सन् २०२० अप्रिल देखि होइकुएन प्रयोग गर्न चाहेमा अनिवार्य रुपमा अग्रिम परामर्शको लागि आउनु होला ।
सम्पर्क : सिटी कार्यालय बाल शिक्षा शाखा


2020年度保育所など利用申込