2020年8月5日水曜日

कोरोना भाइरस सम्पर्क पुष्टीकरण एप्लि「COCOA」मा दर्ता गर्नुहोस्


सम्पर्क पुष्टीकरण एप्लिCOCOAले एक आपसमा थाहै नभइ सम्पर्क भएको हुन सक्ने कुरा जानकारी दिने गर्दछ। स्वास्थ्य तथा श्रम मन्त्रालय लगाएत जापान सरकारले सञ्चालन गरेको हो।

(१)COCOAलाई आफ्नो स्मार्टफोनसुमाफोमा डाउनलोड गरिन्छ।
App Store】 https://apps.apple.com/jp/app/id1516764458
Google Play】 https://play.google.com/store/apps/details…
(२)COCOAले, तपाई १ मिटर दूरी भित्र १५ मिनेट भन्दा बढी सम्पर्कमा रहेको हुन सक्ने व्यक्तिसँग भएको सुमाहो बारे सबै रेकर्ड गर्छ।
(३)कोरोना भाइरस लागेकाले, आफ्नो सुमाहोको COCOAमा संक्रमण भएको कुरा दर्ता गरिन्छ।
(४)१४ दिन भित्र, संक्रमितपोजिटिभ व्यक्तिको नजिकमा रहेका व्यक्तिलाई,COCOAबाट खबर आउँछ।
(५)खबर आएको व्यक्तिले, लक्षण अनुसार, विदेशबाट फर्केका तथासंक्रमितको सम्पर्कमा रहेकाहरुले जँचाउने ठाउँबारे जानकारी गराइन्छ।

COCOA मा,Bluetoothब्लुटुथको प्रयोग गरिन्छ।
COCOAमा, आफ्नो नाम, फोन नम्बर, रहेको ठाउँGPSको रेकर्ड रहँदैन।

स्वास्थ्य तथा श्रम मन्त्रालयकोरोना भाइरस सम्पर्क पुष्टीकरण एप्लिबारे वर्णन)」
https://www.mhlw.go.jp/content/10900000/000641655.pdf


新型コロナウイルス接触確認アプリ「COCOA」に登録してください

केन्द्रीय व्यावसायिक प्रशिक्षण स्कूल अक्टोबर शेसन बिधार्थी भर्ना


योकोहामा केन्द्रीय व्यावसायिक प्रशिक्षण स्कूलले अब जागिर खाने बिचार गरिरहेका व्यक्ति, अन्त रोजगार गर्ने व्यक्ति लाई लक्षित गरी, सार्वजनिक रूपमा व्यवसायीका तालिम दिँदै आएको छ।
आवेदन खुला गरिएको विषय
कम्प्युटर व्यवहारिक विभाग (2मेकानिकलCADविभाग
तालिम अवधि
२०२० साल अक्टोबर १२तारिख २०२० साल डिसेम्बर १७ तारिख
२०२० साल अक्टोबर १३ तारिख२०२१ साल मार्च २६ तारिख
स्थानकेन्द्रीय व्यावसायिक प्रशिक्षण स्कूलनाका कु यामासिता च्यो २५३
क्षमताप्रत्येक कोर्समा २० जना
खर्चनिःशुल्कपाठ्यपुस्तक शुल्क आदि आफैले व्यहोर्ने बढीमा १४,००० ऐन जति
आवेदन समय२०२०साल अगष्ट २७ तारिखसेप्टेम्बर ११ तारिख
जानकारी दिइने मितिअगष्ट २६ तारिख बुधवार१०:००र १४:००
लक्षित व्यक्तिकाम छोडेको र हाल काम खोजेको व्यक्ति
एकल अभिभावकजीवन कल्याण सहयोग प्राप्त कर्ताको लागी विशेष कोटा छ
    ・जापानी भाषामा लेख्न र पढ्न सक्ने व्यक्ति
आवेदनआवेदन फाराम लिएर, आवश्यक ठाउँ भरेर तोकिएको कार्यालयमा बुझाउनुहोला।
आवेदन फाराम लीन सकिने ठाउँहरू
योकोहामा सिटी नगर बासिन्दा जानकारी केन्द्र
योकोहामा सिटीको वडा कार्यालयहरू
प्रशासनिक सेवा कर्नर
केन्द्रीय व्यावसायिक प्रशिक्षण स्कूलनाका कु
केन्द्रीय व्यावसायिक प्रशिक्षण स्कूलको बारेमा
सम्पर्ककेन्द्रीय व्यावसायिक प्रशिक्षण स्कूल ०४५-६६४-६८२५  (जापानी भाषा)

中央職業訓練校10月生募集

दोउसी गाउँको क्याम्प स्थलमा नगरवासीको विशेष सुविधा


योकोहामा सिटीले पिउने पानीको मुहान भएको यामानासी प्रिफेक्चरको दोउसी गाउँमा रहेको क्याम्प स्थलको प्रयोजनमा लाग्ने शुल्कहरूमा सहुलियत दिइनेछ।
लक्षित वर्गयोकोहामा नगरवासीअध्यनरत वा जागिरे भएर १८ वर्ष भन्दा कम उमेरका व्यक्ति
योकोहामा नगरवासी विशेष सुविधाका बुँदाहरू
दोउसी गाउँको क्याम्प स्थलको प्रयोजनमा लाग्ने शुल्कको केही भाग छुटप्रतिव्यक्ति एक रात बस्दा बढीमा १०००ऐन
विशेष सहुलियत सुविधा लिएर क्याम्प प्रयोग गर्ने व्यक्ति तथा परिवारसमूह लगायतको लागी, क्याम्पमा आवश्यक सामग्रीपाल, पकाउने भाँडाकुँडाहरूआदि निःशुल्क सापटी दिइनेछ।
आवेदन दिने तरिका योकोहामा सिटीको होम पेजमा हेर्नुहोला।
सम्पर्क बालबालिका तथा यूथ विकाश शाखा फोन ०४५-६७१-२३२4


道志村キャンプ場 市民優待

2020年8月4日火曜日

अपाङ्गता सप्ताहको पोस्टर र लेख आव्हान


अपाङ्गता भएका व्यक्तिहरू बारे जानकारी दिनको लागी, डिसेम्बरमाअपाङ्गता सप्ताहको आयोजना गरिने मध्ये एउटा कार्यक्रम मन्त्रिपरिषदको कार्यालय र प्रिफेक्चरतोकिएका शहरहरू सँगको सह-आयोजनामा, हृदयबाट सम्बन्ध फराकिलो पार्ने अपाङ्गता बारे जानकारी बढाउने कार्यक्रमआयोजना गरिँदैछ।
अपाङ्गता भएकाहरु नभएका हरू पनि मनले जोडिएर अनुभवहरू लेखेरहृदयबाट सम्बन्ध फराकिलो पार्ने अनुभव लेखर, अपाङ्गता भएका व्यक्ति प्रति जानकारी बढाउनको लागीअपाङ्गता सप्ताहको  पोस्टरको आव्हान गरिन्छ।

अवधि: २०२० साल जुलाई १ तारिखबुधवार)~सेप्टेम्बर ४ तारिखशुक्रवारसम्म
आवेदन विषय
भेट, सम्पर्क, हृदयको सम्बन्धअपाङ्गता भएका नभएका हरू पनि मनले जोडिएर अनुभवहरू फैलाउ
आवेदन दिने लेखको विषय, स्वतन्त्र रूपमा राख्न सकिनेछ।
अपाङ्गता सप्ताहको  पोस्टरप्राथमिक तथा माध्यामिक बिधालय
हृदयबाट सम्बन्ध फराकिलो पार्ने अनुभव लेखप्राथमिक बिधालय भन्दा बढि
आवेदन दिने तरिका होम पेज बाट फाराम डाउनलोड गर्नुहोस्। पठाउने ठेगाना होम पेजमा छ।
सम्पर्क स्वास्थ्य कल्याण महाशाखा अपाङ्गता नीति प्रवर्धन शाखा फोन०४५-६७१-४१३३(जापानी भाषा)


障害者週刊のポスターと作文の募集

देशभरि एकै पटक「बाल अधिकार ११० नम्बर」


बाल अधिकार सम्बन्धी समस्याहरूको समाधानको लागी गरिने कार्यक्रमहरूलाई बढवा दिनको लागी, देशभरि एकै पटकबाल अधिकार ११० नम्बरबढवा सप्ताह गरिटेलिफोन परामर्श गरिनेछ।
अवधि२०२० साल अगष्ट २८ तारिखशुक्रवार)~सेप्टेम्बर ३ तारिख बिहीवारसम्म
परामर्श गरिने समय साताका दिन ८:३०१९:०० शनिवार आइतवार १०:००१७:००
फोन नम्बर ०१२०-००७-११०फोनको शुल्क नलाग्ने
सम्पर्कयोकोहामा क्षेत्रीय कानुन विभाग मानवअधिकार प्रवर्धन शाखा फोन०४५-६४१-७९२६  (जापानी भाषा)


全国一斉「子どもの人権110番」

टेक आउट र डेलीभरि योकोहामा


योकोहामा सिटीको होम पेजमा, घर लैजाने वा घरमै ल्याइदिने रेष्टुरेन्टको जानकारी राखिएको छ।
घरमा बिताउने समय धेरै हुने यो बेला, नजिकको मीठा पसलहरू खोजौं।
सम्पर्क आर्थिक महाशाखा व्यवसाय प्रवर्धन शाखा फोन ०४५-६७१-३४८८  (जापानी भाषा)

テイクアウト&デリバリー横浜

न गुड छिटो पत्ता लगाइ・छिटो निकाल्नु पर्छ।


बारुलेले बशन्त श्रुतुबाट गुड बनाइ, गर्मी लाग्दा ठूलो भइसकेको र बारुलो पनि धेरै बढेको हुन्छ। निकाल्न पनि धेरै गार्हो र खतरा हुने हुँदा बढ्नु अगाडिनै झिकि हाल्नु पर्छ।
निकाल्दा, जग्गा घर धनीव्यवस्थापकले निकाल्ने प्राय हुन्छ।
सजिलै गुड लगाउने ठाउँहरू
छानो पछाडि, भित्ता पछाडिअरिङ्गाल मात्र
रुखको प्वाल भित्रअरिङ्गाल मात्र
छिढि मुनी, झ्यालको खापा छिराउने डब्बा भित्रअरिङ्गाल मात्र
यस्तो बेला वडा कार्यालयमा सल्लाह गर्नुहोस्।
लामो खट्टा भएको बारुलोको गुड निकाल्ने तरिका बुझ्न
नटोक्ने लुगा सापटी लीन
निकालि दिने कम्पनी चिनाइदिने आदि
वडा कार्यालयले निकाल्ने काम चाहिँ गर्दैन।
सम्पर्कआफू बसेको वडा कार्यालयको वातावरण तथा सरसफाइ शाखा

ハチの巣は早期発見・早期駆除が必要です

प्रकोप बाट जोगिन मौसम सम्बन्धी जानकारी आउँदा कुन समयमा सुरक्षित स्थानमा जाने भन्ने बारे चेक गर्नुहोला।

सावधानी लेबल १ बाट साबधानी लेबल ५ बारे, कसो गर्ने बारे बुझ्न तल हेर्नुहोस्।




防災気象情報が出たら避難のタイミングを確認してください

एकल अभिभावक परिवार अतिरिक्त विशेष अनुदान रकम (राज्य)

कोरोना भाइरस संक्रमणको असरले गर्दा, बच्चा हुर्काउन र काम गर्न एक्लैले गर्नु पर्ने न्यून भएका एकल अभिभावक परिवारको लागी, बच्चा हुर्काउने जिम्मेवारी बढ्ने र आम्दानी घट्ने आदिले गर्दा, अझ ठूलो समस्या तन र मनमा आउने कुरा लाई मध्यनजर गर्दै, यस्तो परिवारहरूलाई सहयोग होस भन्ने उदेश्य अनुरूप, एकल अभिभावक परिवार अतिरिक्त विशेष अनुदान रकम दिइने कार्यक्रम लागू गरिनेछ।
लक्षित व्यक्ति :
नगर बासि एकल अभिभावक मध्ये, २०२० साल जुन महिनाको बाल पालनपोषण भत्ता लिन योग्य व्यक्ति※भएर, तलको (१)देखी (३)सम्म सबै मिलेको व्यक्ति
 (१) २०२० साल जुन महिनाको बाल पालनपोषण भत्ता लिएको व्यक्ति
 (२) सार्वजनिक पेन्सन आदि लिएर बाल पालनपोषण भत्ता नलिएको व्यक्ति(बाल पालनपोषण भत्ताको भुक्तानी सीमा को सीमा रकम भन्दा कम भए मात्र)
 (३) कोरोना भाइरस संक्रमणको असरले गर्दा, बाल पालनपोषण भत्ता पाउने स्तर सम्म आम्दानी घटेका व्यक्ति
※योग्य व्यक्ति भन्नाले, बाल पालनपोषण भत्ता पाउने योग्यता पुगेको व्यक्ति भएर, बाल पालनपोषण भत्ताको आवेदन नदिएका हरू पनि पर्नेछन्।
भुक्तानी रकम:५० हजार ऐन(दोस्रो बच्चा पछि ३० हजार ऐन थप)
※(१)(२)को लक्षित मध्ये, संक्रमणको असरले गर्दा, आम्दानी एकदमै घटेको अवस्थामा थप ५०हजार ऐन/प्रति परिवार
प्रकृया:भुक्तानी लक्षित व्यक्ति मध्ये, योकोहामा सिटी भित्र बाल पालनपोषण भत्ता पाउन योग्य व्यक्तिहरूलाई, अगष्टको मध्य सम्ममा भुक्तानी सम्बन्धी जानकारी पठाइनेछ।

बाल पालनपोषण भत्ता स्थिति रिपोर्टको बारेमा  (जापानी भाषा)
https://www.city.yokohama.lg.jp/kurashi/kosodate-kyoiku/oyakokenko/hitorioya/20200707h-kyufu.html
सम्पर्क  एकल अभिभावक परिवार अतिरिक्त विशेष अनुदान रकम योकोहामा कल सेन्टर
 फोन ०१२०-६९४-२८१  (जापानी भाषा)

ひとり親世帯臨時特別給付金(国)



कल्याण विशेष टिकट


योकोहामा सिटीले, अगष्ट ३१ तारिख सम्म योग्य व्यक्तिलाई भुक्तानी पत्र पठाउने छ।
लक्षित व्यक्ति व्यक्तिसेप्टेम्बर ३० अवधि सम्मको टिकट भएको, अक्टोबर पछि पनि योग्यता निरन्तरता दिन चाहने व्यक्ति
< कल्याण विशेष टिकटको बारे>

कल्याण ट्याक्सी प्रयोग टिकट
योकोहामा सिटीले ,अगष्ट ३१ तारिख सम्म योग्यता भएकाहरुको लागी साधारण रजिस्टर्ड हुलाक मार्फत भुक्तानी पत्र पठाउने छ।
लक्षित व्यक्ति व्यक्तिसेप्टेम्बर ३० अवधि सम्मको टिकट भएको, अक्टोबर पछि पनि योग्यता निरन्तरता दिन चाहने व्यक्ति
< कल्याण ट्याक्सी प्रयोग टिकटको बारे>

नयाँ आवेदन दिन चाहने व्यक्तिले, आफू बसेको वडाको कल्याण स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोला।
फोन नम्बरको सूची (जापानी भाषा)

सम्पर्कविशेष कल सेन्टर ०१२०-८९१-७०६/२८/३० ८:३०१९:००  (जापानी भाषामा कुरा गर्न सकिनेछ)


福祉特別乗車券