2020年2月6日木曜日

बिदेशीहरुको लागि क्षयरोग जांच (निशुल्क)


बिदेशीहरुको लागि निशुल्क एक्स-रे गरिन्छ । ईच्छुक ब्यक्तिहरुको लागि चिकित्सकद्वारा स्वास्थ्य परामर्श पनि गरिन्छ ।
मिति तथा समय : मार्च १ तारिक (आइतबार)  दिउंसो २ बजेदेखि ४ बजेसम्म (दर्ता)
स्थान : चुरुमी कोखाइदो हल
लक्षित ब्यक्ति : १५ बर्ष माथीको बिदेशी नागरिक
क्षमता : ५० जना
सम्पर्क : चुरुमी अन्तरराष्ट्रिय एक्स्चेन्ज लन्ज (जापानी भाषा)  फ़ोन नं : ०४५-५११-५३११

外国人のための結核検診(無料)

बृद्धहरुको लागि उत्कृष्ट भाडाका आवासमा बस्न चाहने खाली घर पर्खेकाहरुबाट दर्ता आह्वान


योकोहाम सिटीले ब्यवस्था गरेको निजी आवास हो । चिठ्ठा प्रथाबाट प्रवेशको क्रम तोकिने छ ।
खाली घर भएमा बस्न चाहनेहरुलाई जानकारी गराईन्छ ।
स्थान : आसाही-कु क्षेत्रका ३ वटा घरहरु
बिशेषता : अपांग मैत्री, आकस्मिक जानकारीको सेवा उपलब्ध, हेरचाहको सेवा नभएको
लक्षित ब्यक्ति : ६० बर्ष माथीको ब्यक्ति, योकोहामा सिटी भित्र बसोबास गरिरहेको वा काम गरिरहेको,आफ़ै वा संगै बस्ने ब्यक्ति जापानी नागरिकता भएको, अथवा आवासिय दर्ता गरेको बिदेशी नागरिक 
आवेदन अवधी : सन् २०२० फ़ेब्रुअरी १९ देखि मार्च ९ तारिकसम्म (गोलाप्रथा)
आवेदन बिधी : निबेदन फ़ारम लिएर आवश्यक जानकारीहरु भरी तोकिएको काउन्टरमा बुझाउने ।
निबेदन फ़ारम प्राप्त गर्ने स्थान :
योकोहामा सिटी कार्यालय नागरिक सुचना केन्द्र
योकोहामा सिटीको प्रत्येक वडा कार्यालय
सरकारी सेवाका काउन्टरहरु  
सम्पर्क : सिस्टम हाउजिंग कम्पनी लिमिटेड, फ़ोन नं : ०४५-७४२-१००० (जापानी भाषा)


高齢者向け優良賃貸住宅入居者 空家待ち登録者募集

बाइक फ़ाल्ने योजनामा हुनुहुन्छ भने मार्च महिना भित्रमै फ़ाल्ने प्रकृया गर्नुहोस्।


ईन्जिन सहितको बाइक भएको ब्यक्तिले कर तिर्नु पर्ने हुन्छ ।
सन् २०२० अप्रिल १ तारिकमा बाइकको स्वामित्व कायम भएको ब्यक्तिलाई कर लगाइन्छ ।
बाइक फ़ाल्ने वा अरुलाई हस्तान्तरण गर्ने ब्यक्तिले मार्च महिना भित्रमै सो प्रकृया पूरा गर्नुहोस् ।
प्रकृया गर्ने स्थान :
१२५ सि.सि. भन्दा तलको बाइक भएमा बसोवास गरेको वडा कार्यालयको हल्का सवारी कर शाखा
१२५ सि.सि. भन्दा माथीको बाइक भएमा कानागावा केन यातायात बिभाग,
फ़ोन नं: ०५०-५५४०-२०३५ (जापानी भाषा)

バイクを捨てる予定の人は、3月中に廃車申告をしてください

ब्यक्तिगत आवासिय तथा प्रान्तिय करको बिवरण दाखिला गर्नुहोस् ।


सन् २०२० जनवरी १ तारिकमा योकोहामा सिटीको बिभिन्न वडाहरुमा ठेगाना भएका ब्यक्तिहरुले मार्च १५ तारिकसम्ममा ब्यक्तिगत आवासिय तथा प्रान्तिय करको बिवरण दाखिला गर्नुहोस् ।
निम्न अनुसारका ब्यक्तिहरुले दाखिला गर्नु आवश्यक छैन ।
कम्पनीमा काम गरिरहेको र तलब भुक्तानी बिवरण प्राप्त गरेको ब्यक्ति
आम्दानी कर फ़िर्ताको लागि बिवरण दाखिला गर्ने ब्यक्ति
कर बिभागमा कर फ़िर्ताको लागि बिवरण दाखिला आवश्यक नभएको ब्यक्तिले सिटी तथा प्रान्तिय आवासिय करको बिवरण दाखिला गर्नुपर्ने पनि हुन सक्छ । होसियार रहनुस् ।
बिवरण दाखिला गर्ने स्थान : बसोवास गरिरहेको वडा कार्यालयको कर शखा सिटी कर अधिकृत


個人市民税・県民税の申告をしてください

मालिक बिनाको बिरालोको बन्ध्याकरण शल्यकृयाको आंशिक खर्च अनुदान


योकोहामा सिटीमा बसोवास गरिरहेको मालिक बिनाको बिरालो (बन बिरालो आदि) को बन्ध्याकरण शल्यकृया अस्पतालमा गराएको ब्यक्तिले अनुदान प्राप्त गर्न सक्ने छ ।
शर्तहरु : योकोहामा सिटीको बासिन्दा वा स्थानिय निकायका सम्बन्धित ब्यक्ति हुनुपर्ने
सिटी भित्र बसोवास गरिरहेको मालिक बिनाको बिरालो (बन बिरालो आदि) भनेर निश्चितभएको अवधी भित्र बन्ध्याकरण शल्यकृया गरेको भएमा
      पहिले आउने ४,५०० वटा (पहिले आउनेलाई प्राथमिकता)
अनुदान रकम : प्रति बिरालो बढिमा ५,००० येनसम्म
शल्यकृयाको खर्च अस्पताल अनुसार फ़रक पर्छ । सो शुल्क ५,००० येन भन्दा बढि लागेको खण्डमा ५,००० येन प्राप्त गर्न सकिने छ । ५,००० येन भन्दा कम तिरेको खण्डमा सो रकम बराबर प्राप्त गर्न सकिने छ ।
अवधी : सन् २०२० मे ७ तारिक (बिहिबार) देखि २०२१ मार्च ५ तारिक (शुक्रबार) सम्म
सम्पर्क : योकोहामा सिटी पशु संरक्षण केन्द्र, फ़ोन नं: ०४५-४७१-२१११ (जापानी भाषा)

飼い主のいない猫の不妊去勢手術費用の一部補助

निम्न माध्यामिक बिद्यालय रात्री कक्षाको जानकारी


निम्न माध्यामिक बिद्यालय रात्री कक्षा भन्नाले निम्न माध्यामिक बिद्यालय उतिर्ण नगरेको ब्यक्ति र उतिर्ण गरेको तर *प्रशस्त रुपमा स्कुल जान नपाएको भन्ने निधो भएका ब्यक्तिहरुको लागि खोलिएको बिद्यालय हो ।योकोहामा सिटीद्वारा संचालित माइता निम्न माध्यामिक बिद्यालयमा रात्री कक्षाको निम्न माध्यामिक बिद्यालय छ ।
* प्रशस्त रुपमा स्कुल जान नपाएको भन्ने निधो भएका ब्यक्ति  अग्रिम रुपमा स्कुल जान चाहने ब्यक्तिलाई शिक्षा समितिले अन्तरवार्ता लिन्छ । त्यस बेला शिक्षा समितिले निधो गर्छ ।

स्थान : योकोहामा सिटीद्वारा संचालित माइता निम्न माध्यामिक बिद्यालय (योकोहामा-सी, मिनामी-कु, हानानोगि-च्यो २-४५)
लक्षित ब्यक्ति : निम्न लिखित ३ वटा शर्तहरु पूरा गरेको ब्यक्ति
   ・१५ बर्षभन्दा माथीको ब्यक्ति  
निम्न माध्यामिक बिद्यालय उतिर्ण नगरेको ब्यक्ति (उतिर्ण गरेको तर प्रशस्त रुपमा स्कुल जान नपाएको भन्ने निधो भएका ब्यक्ति)
योकोहामा सिटीमा बसोवास वा काम गरिरहेको ब्यक्ति
सम्पर्क : योकोहामा सिटी शिक्षा समिति मार्गदर्शन योजना बिभाग, फ़ोन नं : ०४५-६७१-३२६६
    रात्रीकालिन निम्न माध्यामिक बिद्यालयमा भर्ना हुन चाहने ब्यक्तिले कुनै पनि बेलामा परामर्श लिन सक्नु हुनेछ ।
(हिरागाना सहितको जापानी भाषा)

「中学校夜間学級」の案内

ठूला फ़ोहोर फ़ाल्नको लागि छिटो निबेदन दिनुहोस् ।


मार्च र अप्रिल महिनामा ठूला फ़ोहोर फ़ाल्ने मानिसहरु बढि हुने भएकोले दर्ता कार्य केन्द्रित हुन्छ ।  
ठूला फ़ोहोर फ़ाल्ने बेलामा निबेदन दिएपछि ठूला फ़ोहोर फ़ाल्ने टिकट किन्नु पर्ने हुन्छ ।
ठूला फ़ोहोर फ़ाल्न चाहने ब्यक्तिले छिटो निबेदन दिनुहोस् ।
निबेदन दिनको लागि फ़ोन नं : ल्याण्डलाइनबाट : ०५७०-२००-५३० (नाभीडायल)
मोबाइल तथा आइपी फ़ोनबाट : ०४५-३३०-३९५३

ईन्टरनेटबाट नोबेदनको लागि : https://www.sodai.city.yokohama.lg.jp/eco/view/yokohama/top.html?te-uniquekey=16f881ce235 स्पेनिस भाषामा (रिफ़रेन्स) फ़ोहोर फ़ाल्ने तरिका (स्पेनिस भाषामा)
http://www.city.yokohama.lg.jp/shigen/sub-shimin/dashikata/img/spanish-l.pdf
सबैभन्दा तल ठूला फ़ोहोर सम्बन्धी बयान गरिएको छ ।
सम्पर्क : योकोहामा सिटी संसाधन रिसाइकल ब्युरो, फ़ोन नं : ०४५-६७१-३८१५ (जापानी भाषा)


粗大ごみは早めに申込んでください

३० औं योकोहामा शहर परिक्रमा


योकोहामाको पर्यटकिय स्थलहरु घुम्ने बसन्त ॠतुको पैदल हिड्ने कार्यक्रम
मिति र समय : मार्च २० तारिक (शुक्रबार/सार्बजनिक बिदा) ८:००१७:०० खराब मौसम भएमा स्थगित हुने छ ।
सुरु हुने स्थान : बास्यामिची स्टेशन, अन्त हुने स्थान : योकोहामा बुन्का ताईइकुखान 
शर्तहरु : प्राथमिक बिद्यार्थी भन्दा तलकाको साथमा अभिभावक हुनु पर्ने, शारिरिक असक्तता भएका ब्यक्तिले केयरटेकर पनि संगै ल्याउनु होला ।
क्षमता : ३,००० जना (अग्रिम निबेदन दिनु पर्ने छ)
सहभागिता शुल्क : वयष्क १,८०० येन, प्राथमिक र निम्न माध्यामिक बिद्यार्थी : ५०० येन, स्कुल नगएकालाई निशुल्क
निबेदन : होमपेजबाट (जापानी भाषा) https://www.hamaspo.com/
अन्तिम म्याद : मार्च ६ तारिक (शुक्रबार)
सम्पर्क : योकोहामा खेलकुद संघ खेलकुद ब्यवसाय शाखा, फ़ोन नं : ०४५-६४०-००१८


30回よこはまシティウォーク

बसन्त ऋतुको पारिवारिक पाक कक्षा


बजारमा आपुर्ति गरिने माछा तथा तरकारी आदि प्रयोग गरेर पाक कक्षा र बजार अवलोकनको आयोजना गरिने छ ।
मिति र समय : मार्च १४ तारिक (बुधबार) ०९:००१३:०० बजे
स्थान : योकोहामा सिटी केन्द्रिय थोक बिक्रि बजार, सेन्टर भवन तेस्रो तल्ला किचेन कोठा (योकोहामा-सी,कानागावा-कु १ बान्ची)
लक्षित ब्यक्ति : योकोहामा सिटीमा बसोवास गर्ने वा अध्ययन गर्ने प्राथमिक बिद्यालय चौथो बर्षदेखि निम्न माध्यामिक बिद्यालय तेस्रो बर्षसम्मका बिद्यार्थी र तिनका अभिभावक
क्षमता : १५ समुह ३० जना (गोलाप्रथा)
सहभागिता शुल्क : २,००० येन/प्रति समुह
निबेदन : तोकिएको फ़ारम भरी निबेदन दिनुहोस् ।
https://www.city.yokohama.lg.jp/business/kigyoshien/chuoshijo/orosi.html
निबेदनको अन्तिम म्याद : फ़ेब्रुअरी २६ तारिक (बुधबार)
सम्पर्क : योकोहामा सिटी अर्थ बिभाग केन्द्रिय थोक बजार ब्यवस्थापन सहयोग शाखा, फ़ोन नं: ०४५-४५९-३३३७


春の親子料理教室

हामा सीप प्रदर्शनी


हाम्रो दैनिक जीवन यापनमा महत्वपूर्ण सहयोग पुर्याइरहेका शिल्पकारहरुको काम तथा प्रबिधीको बारेमा जानकार ब्यक्ति धेरै छैनन् ।
त्यसैले, बालबच्चाहरुलाई बिभिन्न सिपको अनुभव मार्फ़त त्यसको महत्व बुझाउनको लागि हामा सीप प्रदर्शनीको आयोजना गरिएको छ ।
मिति र समय : फ़ेब्रुअरी १५ तारिक (शनिबार) १०:००१६:३० बजे
स्थान : MARK IS मिनातोमिराई
क्षमता : ६० जना (सोही दिन अगाडि आउनेलाई प्राथमिकता)
सहभागीता शुल्क : प्रबेश निशुल्क, आंशिक स-शुल्क कार्यक्रम पनि छ ।

होमपेज :  https://www.city.yokohama.lg.jp/business/kigyoshien/ginou/shokunin-ten.html (जापानी भाषा
सम्पर्क : योकोहामा सिटी आर्थिक ब्युरो, रोजगार शखा, फ़ोन नं: ०४५-६७१-४०९८


ハマの職人展

रोजगार मिलान एक्स्चेन्ज कार्यक्रमको आयोजना

शान्त र ब्यक्तिगत बुथमा साधारणतया देख्न र सुन्न नपाइने कुराहरु अनुभव गर्न सकिन्छ । यस्तो कम्पनी बुथमा आउन अल्मलिने ब्यक्तिलाई पनि ढुक्क ।
स्थायी प्रोफ़ेसनल कर्मचारीले तपाईंको ईच्छा सोधेर कम्पनीसम्म गाईड गर्ने छ ।
कम्पनी परिवर्तन गर्ने वा काम खोजिरहनु भएको छ भने अवश्य पनि यो मौका नगुमाउनु होला ।
मिति र समय : फ़ेब्रुअरी २९ तारिक (शनिबार) १३:३०१६:३० बजे
स्थान : निस्सो ब्रेन कम्पनी लिमिटेड (कानागावा-कु, चुरुया माची २-२३-२, TS प्लाजा भवन)
लक्षित ब्यक्ति : काम गर्न मिल्ने भिसा भएको ब्यक्ति, जापानी भाषामा काम गर्न सक्ने ब्यक्ति, योकोहामा सिटी भित्र स्थायी कर्मचारीको रुपमा काम गर्न ईच्छुक ब्यक्ति
क्षमता : ३० जना
निबेदन : तोकिएको फ़ारम भरी निबेदन दिनुहोस ।
सम्पर्क : योकोहामा सिटी आर्थिक ब्युरो सामान निर्माण सहयोग शाखा, फ़ोन नं: ०४५-६७१-४१४४

就職マッチング交流会を開催します!

नर्सरी शिक्षकको रोजगार अन्तरवार्ता


नर्सरी शिक्षकको लाइसेन्स प्राप्त गर्न लागेको ब्यक्ति तथा लाइसेन्स प्राप्त शिक्षकहरुको पुनर्स्थापना एवम रोजगार खोज्न सहयोग गरिन्छ । रोजगार सम्बन्धी अन्तरवार्ता आयोजना गरिन्छ ।
मिति र समय : मार्च ७ तारिक (शनिबार) १३:००१६:००
स्थान : योकोहामा सिटी प्राबिधिक सांस्कृतिक भवन (नाका-कु, बान्दाई-च्यो २-४)
लक्षित : नर्सरी लाइसेन्स प्राप्त तथा लाइसेन्स प्राप्त गर्न लागेका शिक्षक भिसा भएको ब्यक्ति, जापानी भाषामा काम गर्न सक्ने ब्यक्ति
निबेदन : तोकिएको फ़ारम भरेर निबेदन दिनुहोस् ।     https://www.ykh-hoiku-syusyoku-mensetsu.com/
अन्तिम म्याद : मार्च ६ तारिक (शुक्रबार)
सम्पर्क : निदेआ कम्पनी लिमिटेड, फ़ोन नं: ०४५-४३९-३४४२

保育士就職面接会

योकोहामा टिपिएएम (TPAM) अन्तरराष्ट्रिय कला बैठक २०२०


योकोहामा अन्तरराष्ट्रिय कला बैठक एकै समयका कला कौशलमा दक्ष ब्यक्तिहरुले बिबिध कार्यक्रम, बैठक आदि मार्फ़त एक्स्चेन्ज गरी कला कौशलको निर्माण, प्रवर्धन, उपयोगको लागि जानकारी, प्रेरणा तथा संजाल बनाउने स्थान हो ।भाषण तथा सेमिनार आयोजना गरिन्छ । कार्यक्रमको एक भागमा सर्बसाधारण पनि सहभागी हुन पाउंछन ।
अवधी : फ़ेब्रुअरी ८ तारिक (शनिबार) देखि फ़ेब्रुअरी १६ तारिक (आइतबार)
स्थान : कानागावा आर्ट थिएटर, योकोहामा पोर्ट मेमोरियल हल र अन्य
होमपेज : https://www.tpam.or.jp/2020/
सम्पर्क : योकोहामा सिटी कला फ़ाउन्डेसन, फ़ोन नं: ०४५-२२१-०२१२


TPAM国際舞台芸術ミーティングin横浜2020

बालबच्चा र युवाहरुको बस्ने ठाउं समुदायमा बचाऔं र बनाऔं !


बाल भान्सा आदि समुदायमा बालबच्चाहरु रहने ठाउंको अर्थ र भूमिका महत्वपूर्ण हुन्छ । बालक र युवाहरुको सहयोगमा सम्लग्न हुन ईच्छुक ब्यक्तिहरु बिचको आदान प्रदान र सम्बन्ध निर्माण गर्ने उदेश्यले आयोजना गरिन्छ ।
मिति र समय : मार्च २५ तारिक (बुधबार) १३:३०१७:००
स्थान : विलिंग योकोहामा (योकोहामा-सी, कोनान-कु, कामिओओका निसी १-६-१, युमे ओओका अफ़िस टावर भित्र)
निबेदन : होमपेजबाटा निबेदन दिनुहोस्  https://www.city.yokohama.lg.jp/kurashi/kosodate-kyoiku/sonota/
सम्पर्क : योकोहामा सिटी बाल तथा युवा बिभाग योजना शाखा, फ़ोन नं: ०४५-६७१-४२८१ (जापानीभाषा), ०४५-२२२-१२०९ (बहुभाषिक सेवा)

子ども・若者の居場所フォーラム~地域で守ろう!育てよう!~

जापानी भाषा कक्षा (पहिलो पटकको योकोहामा~जापानी भाषामा कुरागरौं)


५ वटा बिषयमा सबै भएर कुरा गरिन्छ ।

बिषयहरु : एक आपसलाई चिन्ने, मेरो गाउं, खानेकुरा, स्वास्थ्य र अस्पताल, पुस्तकालयमा जाऔं
योकोहामामा जीवन यापन गर्न सजिलो हुने गरी योकोहामा तथा इसोगो-कुको बिबिध जानकारीहरु प्राप्त गर्न सकिन्छ ।
मिति र समय : फ़ेब्रुअरी १८/२५ तारिक, मार्च ३/१०/१७ तारिक (मंगलबार) १३:३०१५:०० बजे
स्थान : इसोगो-कु सामाजिक शिक्षा शाखा (जे आर इसोगो कुयाकुस्योबाट पैदल ४ मिनेट)
सम्पर्क : योकोहामा बहुसांस्कृतिक जीवन यापन परामर्श केन्द्र, फ़ोन नं: ०४५-२२२-१२०९ (नेपाली भाषा उपलब्ध)

日本語教室「はじめての横浜~日本語で話そう~」