2020年8月4日火曜日

एकल अभिभावक परिवार अतिरिक्त विशेष अनुदान रकम (राज्य)

कोरोना भाइरस संक्रमणको असरले गर्दा, बच्चा हुर्काउन र काम गर्न एक्लैले गर्नु पर्ने न्यून भएका एकल अभिभावक परिवारको लागी, बच्चा हुर्काउने जिम्मेवारी बढ्ने र आम्दानी घट्ने आदिले गर्दा, अझ ठूलो समस्या तन र मनमा आउने कुरा लाई मध्यनजर गर्दै, यस्तो परिवारहरूलाई सहयोग होस भन्ने उदेश्य अनुरूप, एकल अभिभावक परिवार अतिरिक्त विशेष अनुदान रकम दिइने कार्यक्रम लागू गरिनेछ।
लक्षित व्यक्ति :
नगर बासि एकल अभिभावक मध्ये, २०२० साल जुन महिनाको बाल पालनपोषण भत्ता लिन योग्य व्यक्ति※भएर, तलको (१)देखी (३)सम्म सबै मिलेको व्यक्ति
 (१) २०२० साल जुन महिनाको बाल पालनपोषण भत्ता लिएको व्यक्ति
 (२) सार्वजनिक पेन्सन आदि लिएर बाल पालनपोषण भत्ता नलिएको व्यक्ति(बाल पालनपोषण भत्ताको भुक्तानी सीमा को सीमा रकम भन्दा कम भए मात्र)
 (३) कोरोना भाइरस संक्रमणको असरले गर्दा, बाल पालनपोषण भत्ता पाउने स्तर सम्म आम्दानी घटेका व्यक्ति
※योग्य व्यक्ति भन्नाले, बाल पालनपोषण भत्ता पाउने योग्यता पुगेको व्यक्ति भएर, बाल पालनपोषण भत्ताको आवेदन नदिएका हरू पनि पर्नेछन्।
भुक्तानी रकम:५० हजार ऐन(दोस्रो बच्चा पछि ३० हजार ऐन थप)
※(१)(२)को लक्षित मध्ये, संक्रमणको असरले गर्दा, आम्दानी एकदमै घटेको अवस्थामा थप ५०हजार ऐन/प्रति परिवार
प्रकृया:भुक्तानी लक्षित व्यक्ति मध्ये, योकोहामा सिटी भित्र बाल पालनपोषण भत्ता पाउन योग्य व्यक्तिहरूलाई, अगष्टको मध्य सम्ममा भुक्तानी सम्बन्धी जानकारी पठाइनेछ।

बाल पालनपोषण भत्ता स्थिति रिपोर्टको बारेमा  (जापानी भाषा)
https://www.city.yokohama.lg.jp/kurashi/kosodate-kyoiku/oyakokenko/hitorioya/20200707h-kyufu.html
सम्पर्क  एकल अभिभावक परिवार अतिरिक्त विशेष अनुदान रकम योकोहामा कल सेन्टर
 फोन ०१२०-६९४-२८१  (जापानी भाषा)

ひとり親世帯臨時特別給付金(国)



0 件のコメント:

コメントを投稿