2020年8月4日火曜日

विशेष निर्दिष्ट अनुदान रकम बारे जानकारी


विशेष निर्दिष्ट अनुदान रकमको आवेदन फाराम भरिसक्नु भयो? फाराम भर्ने अन्तिम मिति यहि२०२०साल सेप्टेम्बर १० तारिख (बिहीवार) हो।
२०२० साल अप्रिल २७ तारिख को समय बिन्दुमा, योकोहामा सिटीमा बासिन्दा दर्ता गरेका व्यक्तिहरूलाई, १ जना बराबर १लाख ऐन दिइनेछ।
आवेदन फाराम, घर मूलीलाई पठाइ सकेको छ। लेखेर आएको जानकारी ठीक छ छैन हेरेर, छाप वा सही गरेर, अनुदान रकम लिने खाता नम्बर लेखेर, घर मूलीको परिचय प्रमाणीकरण गर्ने कागजातको प्रतिलिपि संलग्न गरी, अनिवार्य रूपमा त्यसैको खामभित्र हाली पठाउनु होला। साथै, आवेदन फाराममा अनुदान पाउने लक्षित व्यक्तिले लीन नचाहेमारकम आवश्यक छैनभन्ने ठाउँमा चिनो लगाइन्छ। गल्तीले चिनो नलगाउनुहोला। आवेदन फाराम वडा कार्यालय वा नगरपालिकाको कार्यालयमा प्रत्यक्ष लिएर गएपनि लिइँदैन।
अनिवार्य रूपमा हुलाक बाट पठाउनुहोला।

सम्पर्कयोकोहामा सिटी विशेष निर्दिष्ट अनुदान रकम बहुभाषिक विशेष डायल फोन०४५-२११-६५७३
समय साताका दिनमा १०:००१६:३०दोस्रो र चौथो शनिवार १०:००१२:३०सम्म

特別定額給付金のお知らせ

0 件のコメント:

コメントを投稿