2019年12月9日月曜日

नयाँ बर्षको समयमा बिरामी वा घाउचोट लागेमा परामर्श गर्न सकिने स्थान


नयाँ बर्षको समयमा अकस्मात बिरामी वा घाउचोट लागेमा अस्पताल जाने कि एम्बुलेन्स बोलाउने भनेर द्विबिधा भएमा आकस्मिक परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क : टेलिफ़ोनको पुस बटनमा #७११९ थिच्नुहोस् ।
सम्पर्क हुन नसकेमा ०४५-२३२-७११९ मा फ़ोन गर्नुहोस् ।

जापानी भाषामा मात्र सेवा उपलब्ध हुने छ । जापानी भाषा नबुझ्ने ब्यक्तिले भाषा बुझ्ने चिनजानको ब्यक्ति वा साथी मार्फ़त फ़ोन गर्न लगाउनुहोस् ।

नयाँ बर्षको समयमा जाँच्न सकिने स्वास्थ्य संस्था थाहा पाउनको लागि निम्न होमपेज हेर्नुहोस् । (जापानी भाषामा)
http://www.city.yokohama.lg.jp/iryo/14248.html

बहुभाषिक जाँच फ़ारम
तपाईंको बिमारी लक्षण तपाईंकै भाषामा बुझाउने माध्याम हो । अस्पतालमा स्वास्थ्य जाँच गराउने बेलामाप्रयोग गर्नुहोस् ।
नेपाली भाषामा : http://www.kifjp.org/medical/espanol/index.html
年末年始 病気やけがをしたときに相談できるところ

0 件のコメント:

コメントを投稿